काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमवार दुई कम्पनीको शेयर मूल्य समायोजन गरेको छ ।
नेप्सेले कृषि विकास बैंक र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन गरेको हो । यी दूइ ओटै कम्पनीका आज अर्थात फागुन २९ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन ।
नेप्सेले कृषि विकास बैंकको सोमवार कायम अन्तिम शेयर मूल्य रू. २९९ को आधारमा २ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. २९३ दशमलव १४ तोकेको छ ।
त्यस्तै नेप्सेले स्वरोजगार लघुवित्तको सोमवार कायम अन्तिम शेयर मूल्य रू. ८१० को आधारमा २२ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ६६३ दशमलव ९३ तोकेको छ । यही मूल्यको आधारमा यी दुई कम्पनीको मंगलवार देखि कारोबारमा आउनेछ ।