एसिया कप क्रिकेट क्रिकेट खेलमा सट्टेबाजी गरेको आरोपमा विराटनगरबाट चार जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शुक्रबार दिउँसो मोरङ विराटनगर महानगरपालिका वडा नं. ११ बाट पक्राउ गरेको हो ।पक्राउ पर्नेमा पिचरा बस्ने ४२ वर्षीय राजेश ठाकुर, २८ वर्षीय रवि सहनी, ३४ वर्षीय नारायण श्रेष्ठ र २३ वर्षीय अजय सहनी रहेका छन् । उनीहरूलाई खेलमा प्रयोग गरिएको ४ थान मोबाइलहरू र १८ हजार ५ सय रुपैयाँ नगद सहित नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको