बन्दीपुर गाउँपालिकाले दुई जनालाई इन्जिनियर पढाउने

तनहुँ, १८ मङ्सिर: बन्दीपुर गाउँपालिका कार्यालयले दुई जनालाई इन्जिनियर पढाउने भएको छ । गाउँपालिकाले आफ्नै लगानीमा इन्जिनियर पढाउनको लागि रु आठ लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाले त्यसको लागि कार्यविधि बनाउने अन्तिम चरणमा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिए । कार्यपालिकाले छात्रवृत्तिसम्बन्धी कार्यविधि बनाएर खुला सूचना प्रकाशित गर्नेछ । विपन्न लक्षित […]

सम्बन्धित सामग्री

मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सम्पन्न

दमौली– मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत तनहुँको नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकिएको छ । मुग्लिन पोखरा सडक विस्तार योजनाको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनी र बन्दीपुरमा नौ किलोमिटर खण्ड एकतर्फी कालोपत्र सकिएको हो ।  पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार बन्दीपुर गाउँपालिका-१ नाहालादेखि छिर्कनेसम्म पाँच दशमलव पाँच किलोमिटर र आँबुखैरेनी गाउँपालिका–१ बरादीमा तीन दशमलव पाँच किलोमिटर खण्ड […]

मुग्लिन पोखरा सडक विस्तार : डुम्रे बजारका घर भत्काउन सुरु

दमौली । पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घर टहरा भत्काउन थालिएको छ । सो बजारमा रहेको सडक मापदण्डभित्रका घर टहरा भत्काउन सुरु गरिएको हो । मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णु पाण्डेका अनुसार डुम्रे बजारका पाँच घर भत्काउने काम भइरहेको छ । डुम्रे बजार बन्दीपुरको प्रमुख व्यापारिक केन्द्र […]

विपन्न र जेहेनदारलाई गाउँपालिकाले इन्जिनियर पढाउने

तनहुँको बन्दीपुर गाउँपालिका कार्यालयले स्थानीय दुई विद्यार्थीलाई इन्जिनियर पढाउने भएको छ । गाउँपालिकाले आफ्नै लगानीमा इन्जिनियर पढाउनको लागि आठ लाख बजेट विनियोजन गरेको छ ।

बुद्धसिंहमार्गको अवरोध १४ दिन पछि हट्यो

तनहुँको दमौली देखि चितवन जोड्ने बुद्धसिंह मार्गको अवरोध दुई साता पछि हटेको छ । विभिन्न एक दर्जन बढी स्थानमा गएको पहिरो हटाएपछि उक्त सडक खण्ड खुलेको हो ।  बेलबासदेखि घुमाउनेसम्म ३१ किलोमिटर कच्ची सडक बुधवारबाट अवरोध हटेको पूर्वाधार विकास कार्यालय दमौलीको सूचना अधिकारी इन्जिनियर धनमाया मिश्रले जानकारी दिनुभयो । गण्डकी प्रदेश सरकारको पाँच लाख रुपियाँ आर्थिक सहयोग डोजरको प्रयोग गरी अवरोध हटाइएको मिश्रले बताउनुभयो । ‘‘सडकमा भएको अवरोध हटेको छ थुनिएका नाहाला लगायतको भने हटाउने कार्य भने जारी नै छ’’ इन्जिनियर मिश्रले भन्नुभयो । मार्ग अवरोध हुँदा व्यास नगरपालिकाका अतिरिक्त बन्दीपुर, आँबुखैरेनी, देवघाट पालिकाका अधिकांश ग्रामीण भेगका कृषकद्वारा उत्पादित दूध, तरकारी लगायतका कृषि उपज बिक्री गर्न समस्या भएको बन्दीपुर गाउँपालिका–६ खहरे स्थित सेतीगङ्गा आधारभूत विद्यालयका प्रधानाध्यापक सिद्धान्त थापा मगरले जानकारी दिनुभयो ।