अलैंची खेतीमा सरकारको उपेक्षा

बिर्तामोड- कालोसुनको रूपमा परिचित अलैंची खेती सरकारको उपेक्षामा परेको छ । अलैंचीका विभिन्न समस्या सम्बोधन गर्न स्थानीय, प्रदेश र संघीय तीनै तहमा अलैंचीसम्बन्धी कुनै पनि नीति र कानुन नबनेका कारण अलैंची खेती सरकारको उपेक्षामा परेको हो । झापाको बिर्तामोडमा आयोजित नेपाल अलैंची व्यवसायी महासंघको आठौं साधारणसभामा सहभागीहरूले अलैंची खेती र व्यवसायको विस्तार र प्रवर्द्धनका लागि […]

सम्बन्धित सामग्री

बरेङका किसान बेच्छन् बर्सेनि लाखौंको अलैंची

ढोरपाटन (बागलुङ) । बागलुङको बरेङ गाउँपालिकामा आठ वर्षदेखि व्यावसायिक अलैंची खेती हुँदै आएको छ । यहाँका कृषकले ‘नमूना अलैंची उत्पादक कृषक समूह’मार्फत व्यावसायिक अलैंची खेती गर्दै आएका हुन् । बसाइँसराइका कारण रित्तिँदै गएका जमिनलाई उपयोग गरी बर्सेनि लाखौंको अलैंची यहाँबाट निर्यात गर्ने गरेका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष उत्पादनमा गिरावट आएको छ । अलैंची फुल्ने बेला लामो समय खडेरी पर्दा उत्पादनमा ५० प्रतिशतले कमी आएको नमूना अलैंची उत्पादक कृषक समूहका अध्यक्ष विमल पौडेलले जानकारी दिए ।   आठ वर्षअगाडि खेती शुरु गरे पनि ६ वर्षदेखि उत्पादन दिन थालेको भन्दै अलैंचीले विस्तारै बजारसमेत पाउन थालेको उनको भनाइ छ । गाउँको तीन सय रोपनीमा गरेको अलैंची खेती किसानको आयआर्जनको माध्यम बनेको उनले बताए । दुई वर्षअगाडि रु ३५, गत वर्ष रु २८ र यस वर्ष रु २२ लाखको अलैंची निर्यात भएको उनको भनाइ छ । उनले यस वर्ष १६ क्विन्टल अलैंची विक्री गरेको जनाउँदै रु आठ सयदेखि रु एक हजार पाँच सयसम्म मूल्य पार्न सफल भएको बताए । समयमा पानी परेको भए यस वर्ष झण्डै रु ३५ लाखभन्दा बढीको अलैंची उत्पादन गर्ने लक्ष्य राखेको उनको भनाइ छ ।   ‘यो ठाउँमा अलैंची राम्रो उत्पादन भइरहेको थियो, पोहोरपरार साल राम्रो उत्पादन हुँदा मूल्य कम पाइयो, यस वर्ष कम उत्पादन भयो, मूल्य बढी पाइयो, मुख्य समस्या खडेरी बन्यो, चैत–वैशाखमा फूल फुल्ने र दाना हाल्ने गर्छ, त्यसबेला पानी परेन दाना र फूल सकेपछि उत्पादन राम्रो गर्न सकिएन,’ अध्यक्ष पौडेलले भने, ‘तर, हामीहरू उत्साहित छौं, उत्पादन बढाउने गरी काम गरिरहेका छौं, हामीले उत्पादन गरेको अलैंची धेरै ठाउँमा पुग्ने गरेको छ, किसान पनि यसको खेती गर्नतर्फ आकर्षित भएका छन्, बजार व्यवस्थापनलाई पनि जोड दिएका छौं ।’ बरेङ गाउँपालिकाले वडा नं २ हुग्दिशिरलाई अलैंची खेतीको पकेट क्षेत्र घोषणा गरी किसानलाई व्यावसायिक बन्न आकर्षित गरेको छ । पाखोबारीमा पनि अलैंची राम्रो हुने हुँदा वनमाराले ढाक्न थालेका जग्गाको सदुपयोग हुन थालेको स्थानीय कृषक तुलसीप्रसाद शर्माले बताए । हाल तीन सय रोपनी क्षेत्रफलमा अलैंची खेती गरिँदै आए पनि आफूहरू यसको क्षेत्र विस्तार गर्ने योजनामा रहेको उनको भनाइ छ । अलैंचीमा ढुसीजन्य रोग लाग्ने र बोट मर्ने हुँदा पालिकाले प्राविधिक सहयोग गरे थप उत्पादनमा टेवा पुग्ने शर्मा बताउँछन् । अलैंची खेतीमा बरेङ गाउँपालिकासहित केन्द्र र प्रदेश सरकारले समेत सहयोग गर्दै आएको उनको भनाइ छ । उनले भने, ‘पहिले वनमाराले ढाकेको बाँझो जमिनमा अहिले अलैंचीको व्यावसायिक उत्पादन गर्न थालेका छौं, खेती शुरु गर्ने बेला राम्रो उत्पादन नभएर लगानी खेर जान्छ कि, बजार पाइँदैन कि भन्ने लागेको थियो, अहिले बजार पनि पाइएको छ, उत्पादन पनि ठिकै छ, त्यसले गर्दा हामीहरू थप उत्साहित भएका छौं, घरबाटै अलैंचीको गुणस्तर हेरेर ग्राहकले लैजाने गर्नुभएको छ, अन्य बालीलाई जस्तो धेरै समय दिन पर्दैन, गाउँमा समूह बनाएर महिला दिदीबिहिनीलाई समावेश गरेका छौं, यसबाट गाउँमा दुई–चार जनालाई स्वरोजगार पनि बनाएको छ ।’ अलैंची खेतीसम्बन्धी आफूहरूलाई प्राविधिक ज्ञान नभएको जनाउँदै शर्माले पालिकाले यससम्बन्धी तालिमको व्यवस्था गरिदिन सके उत्पादन अझै बढेर जाने बताए । समूहमा गाउँका सबैलाई समेट्ने र युवा शक्तिलाई परिचालन गर्नका लागि थप योजना बनाएको उनको भनाइ छ । प्राविधिक ज्ञानको कमीका कारण समय–समयमा अलैंचीका बोट मर्ने समस्या आएको शर्माले बताए ।  बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले किसानलाई आधुनिक प्रविधिसँग जोडेर उत्पादन वृद्धि गर्नका लागि पालिकाले हरेक वर्ष लगानी गर्दै आएको बताए । किसानलाई आवश्यक तालिम, पराशर्म र उन्नत जातका बीउबिजन प्रदान गर्दै आएको उनको भनाइ छ । बरेङमा प्रशस्त उत्पादन हुने उर्वर भूमि रहेको हुँदा त्यसको उपयोग गरी रोजगार सिर्जना गर्नतर्फ आफूहरूले जोड दिएको अध्यक्ष शर्माले जानकारी दिए । रासस

अलैंची खेतीमा रमाउँदै डोल्मा

रसुवा (नेस) । जिल्ला को गोसाईंकुण्ड गाउँपालिका– ५ ठुलो भार्खुकी दावा डोल्मा घले अलैंची खेती गरेर मनग्गे आयआर्जन गरिरहनुभएको छ । २०७२ साल असार देखि शुरू गर्नुभएको अलैंची १५० वटा बिरुवा १५ रूपियाँको दरले तत्कालीन कृषि विकास कार्यालयवाट व्यक्तिगत रूपमा किनेर रोप्नु भएको उहाँको हाल चार सय विरुवा रहेका छन् । उक्त विरुवाबाट गएको वर्ष […]

अलैंची उत्पादन बढ्यो : किसानले पाएनन् उचित मूल्य

खोटाङ । खोटाङमा अलैंची उत्पादनमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्षमा २४५ मेट्रिक टन अलैंचीको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र खोटाङले बताएको छ । केन्द्रका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ५४२ मेट्रिक टन अलैंची उत्पादन भएकोमा गत आर्थिक वर्षमा ७८७ मेट्रिक टन उत्पादन भएको हो । उत्पादनमा वृद्धि भए पनि यसले उचित मूल्य पाउन सकेको छैन । महत्त्वपूर्ण नगदेबालीको रूपमा रहेको अलैंची खेतीप्रति उत्साहित किसान उचित मूल्य नपाउँदा भने निराश देखिएका छन् । कुनै समयमा राम्रो मूल्यमा विक्री हुने गरेको कारण अलैंची खेतीमा हौसिएर जिल्लाका किसानले अलैंची उत्पादन वृद्धि गर्न थाले पनि अहिले भने जस्तो उचित मूल्य पाउन नसक्दा अलैंची उत्पादक किसान निराश बन्न थालेका हुन् । विगतका वर्षमा तीन हजारदेखि तीन हजार ५०० प्रतिकिलो मूल्यमा विक्री हुने गरेको अलैंची अहिले ८७५ देखि एक हजार रुपैयाँसम्ममा मात्र विक्री हुने गरेको किसानको भनाइ छ । मौसम अनुकूल र रोगको प्रकोप कम भएकाले यो वर्ष जिल्लामा अलैंचीको उत्पादन बढेको केन्द्रका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताए । जिल्लामा अलैंची खेतीका लागि उपयुक्त १४ हजार दुई हेक्टर क्षेत्रफलमध्ये यो वर्ष १० हजार ६४ हेक्टर जग्गामा लगाइएको थियो । खेर गएको भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा उत्पादन हुने अलैंची विक्रीवाट जिल्लामा वार्षिक तीन करोडभन्दा बढी रकम भित्रिने गरेको छ । यहाँ उत्पादित अधिकांश अलैंची निकासी भइसकेको छ भने कतिपय निकासीको चरणमा छ । कतिपय किसान अलैंचीको बजारभाउ बढ्ने र त्यही मौकामा विक्री गर्ने योजनामा पनि छन् । अलैंची खरिद गर्न ठेकेदारले ट्र्याक्टर लिएर किसानका घर–घरमा पुग्ने गरेका छन् । केही वर्षयता अलैंचीको भाउ निरन्तर ओरालो लागे पनि यसको व्यावसायिक खेतीप्रति किसानको आकर्षण भने घटेको छैन । केही रोपनी जग्गाबाट अलैंची खेती शुरू गरेका किसानले वर्षेनि अलैंची खेतीको क्षेत्र विस्तार गरिरहेका छन् । रासस

दैलेखमा अलैंची उत्पादन वृद्धि

दैलेख-पछिल्लो समय दैलेखमा अलैंची खेतीको व्यवसाय बढ्दै गएको छ । कृषकहरुले व्यावसायिक रुपमा अलैंची खेती सुरु गरेसँगै उत्पादनमा वृद्धि हुँदै गएको हो । दैलेखका विभिन्न भू–भागमा लगाएको अलैंचीको उत्पादन बढ्दै गएपछि कृषकको आकर्षण पनि अलैंची खेतीमा उत्तिकै रहेको छ ।गत वर्ष मात्रै दैलेखका विभिन्न स्थानीय तहबाट झण्डै एक करोड बढीको अलैंची निर्यात गरिएको भएपनि यस […]

अलैंची खेतीमा भविष्य खोज्दै युवा

लाखौं ऋण काडेर विदेशीभूमिमा पुग्दै आएका युवा पछिल्लो समय स्वदेशमै कृषि ब्यवसाय गर्न थालेका छन् । विदेशबाट फर्किएका युवा यतिबेला ब्यावसायिक रूपमै अलैंची खेतीमा लागेका हुन् । विदेशमा गरेको श्रम गाउँमै खर्चिने मनसाय बोकेका युवा यतिबेला अलंैचीखेती तर्फ लाग्दै आएका छन् ।

डोटीका किसान पनि अलैंची खेतीतिर आकर्षित

डोटी – डोटीका किसानहरुको अलैंची खेतीमा आर्कषण बढेको छ ।  धान, मकै तथा कोदोलगायतका अन्न बाली उब्जनी हुने खेतीयोग्य जमीनलाई मासेर किसानले धमाधम अलैंची लगाउन थालेका छन् ।  अन्य बालीभन्दा अलैंचीको आम्दानी बढी हुने भएकोले पनि अलैंची खेतीमा किसानको आर्कषण बढेको केआईसिंह गाउँपालिका काफलीका अलैंची खेत...

अलैंची खेतीमा रमाउँदै सोभितमान

तेह्रथुमको छथर गाउँपालिका–१ आङदिमका शोभितमान श्रेष्ठ दिनभर अलैंचीको बगान रमाउने गरेका छन् । गाउँका साथीभाई पैसा कमाउन देश–प्रदेश लागे पनि उनी भने गाउँमै अलैंची खेतीमा सक्रिय भएका हुन् ।

अलैंची खेतीमा किसान आकर्षित

मूल्यमा गिरावट आएको भन्दै पूर्वी नेपालका अलैंची कृषकले गुनासो गरिरहेका बेला चैनपुर नगरपालिका–२ मैयुमका सन्जय शेर्पा भने अलैंची खेती विस्तार गर्न व्यस्त छन् । ४ वर्षअघि परिक्षणका लागि धान खेती घटाएर अलैंची खेती गर्न थालेका उनले तीन वर्षभित्रै ७ मन अलैंची फलाए । प्रतिमन ४० हजारका दरले २ लाख ८० हजार आम्दानी भएपछि हौसिएका उनले यसपाली थप एक सय रोपनीमा अलैंची खेती गरेका छन् ।

अलैंची खेतीबाट विदेशमा भन्दा राम्रो आम्दानी

तेह्रथुमका अधिकांश युवा विदेशबाट फर्किएसँगै अलैंची खेतीमा लागेका छन् । विदेशमा गरिने श्रम गाउँमै खर्चने मनसायका साथ स्वदेश फर्किएका युवा अहिले अलैंची खेतीमा लागेका हुन् ।

विदेश छाडेर अलैंची

मस्र्याङ्दी गाउँपालिका ७, छिनखोलाका ५१ वर्षीय लालबहादुर तामाङले १४ वर्ष विदेशमा बिताए । पत्नी सगुनीमायाले ‘गाउँघरमै दु:ख गरी खाउँला’ भनेपछि उनी गाउँ फर्केर अलैंची खेतीमा लागे ।