बालेनमाथि २८ केजी खसीको जुवा

काठमाडौँ महानगर पालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार उठेका बालेन शाहमाथि खोटाङको दिक्तेलका दुई जनाले २८ केजी खसीको बाजी राखेका छन् ।सामाजिक सञ्जालमा भाइरल भएको एक सहमति पत्रमा दिक्तेल रुपाकोट मझुवागही नगरपालिका वडा नम्बर ५ बस्ने बिजय फुयाल र सोही ठाउँमा बस्ने रमेश खड्काबीच बाजी थापिएको उल्लेख छ । पत्रअनुसार बालेनले काठमाडौँको मेयर जितेमा रमेश खड्काले २८ केजीको खसी बिजय फुयाललाई दिने र बालेनले मेयर हारेमा बिजयले २८ केजी खसीको मूल्य दिने भएका हुन् । उनीहरूले साक्षी राखेर तमसुकको शैलीमा कागज नै गराएका छन् । साक्षीका रूपमा सोही ठाउँ बस्ने राजन प्रसाद दुलाल र रोहवरमा सुमन बास्तोला, सरोज खतिवडा र दिनेश आचार्य रहेका छन् । सामाजिक सञ्जालमा भाइरल भएको सम्झौता पत्र आधिकारिक हो, कि होइन भन्ने पुष्टि भने भएको छैन । यसैबीच जारी मतगणनामा बालेन शाहले करिब १२ सय मतको अग्रता बनाएका छन् । उनले २६ सय बढी मत पाउँदा एमालेका केशव स्थापितले १४ सय मत पाएका छन् । काँग्रेसकी सिर्जना सिंह तेस्रो नम्बरमा छिन् । बालेनलाई युवा र राजनीतिक क्षेत्रभन्दा बाहिरका व्यक्तिहरुले समर्थन गरिरहेका छन् । निर्वाचनको मुखैमा उनलाई कलाकारहरुले राम्रै समर्थन जनाएका थिए । उनी र्याप गायक तथा इन्जिनियर हुन् ।

सम्बन्धित सामग्री

विराटनगर महोत्सवमा जुवा अड्डा

२४ वैशाख, विराटनगर । विराटनगरमा सञ्चालन भइरहेको ‘रात्रिकालिन विराटनगर महोत्सव’मा जुवा खेलाउने गरेको पाइएको छ । विराटनगर बसपार्क दक्षिण तर्फ लागेको  रात्रिकालिन मेलामा जुवा खेलाउने गरेको पाइएको हो । मेला अगाडि बसपार्कमा २४ सै घण्टा प्रहरी युनिट खटिएको हुन्छ । मेलाको सुरक्षामा पनि प्रहरी  परिचालित छ ।  आयोजकले मनोरञ्जनका लागि जुवा खेलाएको बताएको छ । […]

टिकटकमार्फत पनि जुवा खेलाएपछि...

काठमाडौँ उपत्यकामा जुवाडेहरूले प्रहरीको आँखा छल्ने उद्देश्यले विभिन्न तरिका अपनाएर जुवा खेल्ने र खेलाउने गरेका छन् । यही सिलसिलामा पछिल्लो समयमा भने टिकटक लाइभमार्फत पनि जुवा खेल्ने गरेको पत्ता लागेको छ । टिकटक भनेको

जुवा खेलाउने नयाँ माध्यम– टिकटक

काठमाडौं : उपत्यकामा जुवाडेले प्रहरीको आँखा छल्न सामाजिक सञ्जालको माध्यमबाट जुवा खेल्ने र खेलाउने गरेको पाइएको छ। पछिल्लो समयमा भने ‘टिकटक लाइभ’मार्फत पनि जुवा खेल्ने गरेको पत्ता लागेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उपत्यका भित्र ई–सेवालगायत अन्य डिजिटल वालेटमा विभिन्न व्यक्तिमार्फत रकम जम्मा गराई टिकटकमार्फत रकमको बाजी राखी जुवा खेलाउने गरेको सूचना आएको थियो। त्यही सूचनाको आधारमा कार्यालयले तत्काल टोली बनाई ती गतिविधिको निगरानी थाल्यो। प्र

जुवा खेल्ने पाँच जना पक्राउ

झापा, १४ मंसिर । जुवा खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् । बुद्धशान्ति गाउँपालिका–४ झोडा बस्ने ३० वर्षीया तुलसा ओलीको घरमा जुवा ९कौडा० खेलिरहेको अवस्थामा ओली समेत ५ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो । उनको घरमा जुवा खेलिरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार ५ […]

जुवा खेलाउने गिरोह पक्राउ

काठमाडौँ,७ भदौ । अनलाइनमार्फत जुवा खेलाउने र कन्सल्टेन्सीमार्फत सरकारी कागजात तथा दस्तखतको कीर्ते गरी दुरुपयोग गर्नेलाई प्रहरीले दमकबाट पक्राउ गरेको छ । ल्यापटप तथा मोबाइलको प्रयोग गरी इन्टरनेटमार्फत जुवा खेलाउने र जापान पठाउने, अङ्ग्रेजी भाषाका कक्षा चलाउने बहानामा सरकारी कागजात र दस्तखत दुरुपयोग गर्नेलाई पक्राउ गरी सोमबार सार्वजनिक गरिएको हो । जिल्ला प्रहरी कार्यालय झापा […]

ललितपुरमा जुवा खेलिरहेका १५ जना पक्राउ

ललितपुरमा जुवा खेलिरहेको अवस्थामा १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका-११ मंगलबजार मनिडोलस्थित केदारमान ब्यञ्जनकारले सञ्चालन गरेको खाजा पसलमा जुवा खेलिरहेको अवस्थामा शुक्रबार राति प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ ।उक्त पसलमा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४ हजार ८ सय  रुपैयाँ र ६ वटा पासा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अनलाइन जुवा खेल्ने ११ जना पक्राउ

अनलाइन जुवा खेल्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । अनलाइन जुवाल खेलिरहेको अवस्थामा मकवानपुर, हेटौंडा उपमहानगरपालिका–४ कमलडाडाँ डेरा गरी बस्ने कुलदिप पाठकको कोठाबाट उनिहरुलाई पक्राउ गरेको प्रहरीले बताएको छ । अनलाइन जुवा खेलाउने गरेकोसूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई अनलाइन जुवा खेल्न प्रयोग भएका१ सय ८ थान मोबाइल, ३ थान ल्याप्टप, […]

नेपालबाट अमेरिका,  युरोपमा अनलाइन जुवा

नेपालमा बसेर चीनमा जुवा खेलाउने एक सय २२ चिनियाँलाई गत वर्ष नेपाल प्रहरीले पक्राउ गरी निष्कासन गरेको थियो । चीनमा मात्र होइन, नेपालमार्फत युरोपियन तथा अमेरिकालगायत देशमा पनि यसरी अनलाइन जुवा...

जुवा खालबाट दुई वडाध्यक्षसहित १५ जना पक्राउ

सिमकोट– जुवा खेलिरहेको अवस्थामा हुम्लामा दुई वडाध्यक्षसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। गस्तीमा रहेको प्रहरीले सुराकीका आधारमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई  पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह भण्डारीका अनुसार दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाको मुख्य बजार श्रीनगर क्षेत्रबाट दुई वडाध्यक्षसहित १५ जनालाई पक्राउ गरिएको हो। उनले जुवा खेल्ने गरेको सूचना पाएपछि नियमित […]

हुम्लामा जुवा खालबाट १९ जुवाडे पक्राउ

हुम्ला प्रहरीले सीमकोटबाट १९ जनालाई जुवा खालबाट पक्राउ गरेको जनाएको छ । प्रहरीले सिमकोट स्थित माथिल्लो बजार भन्ने स्थानको एक घरबाट दुई समुह बनाएर जुवा खेलिरहेका १९ जनालाई पक्राउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालय हुम्लामा प्रमुख प्रहरी नायव उपरिक्षक हेरम्ब शर्माका अनुसार उनीहरुको साथबाट  ४३ हजार ३१६ रुपैयाँ समेत जफत गरिएको छ ।  शर्माले जुवा खेलिरहेको अवस्थामा विशेष सूचनाका आधारमा जुवाडेलाई पक्राउ गरिएको बताए । उनले भने, ‘जुवा खेल्ने र जुवा खेलेको हेर्नेहरूलाई पनि नियन्त्रणमा