काठमाडौं, १९ पुष । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्नेगरी अगाडि बढेका छन्। सो पक्रियाका लागि उनले पुष २४ गते पार्टीको राजनीतिक समितिको बैठक बोलाएका छन्। उक्त बैठकमा पार्टीको आगामी रणनीति, आवश्यक कार्ययोजना तथा समसामयिक राजनीतिक विषय र माओवादीसँगको एकताको बारेमा छलफल हुने बनाइएको छ। नेपाल समाजवादी पार्टीले […]
नेकपा विभाजनपछि अलग राजनीतिक शक्ति बन्न पुगेको माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु आगामी चुनावमा संयुक्त घोषणापत्र र साझा उम्मेदवारी दिने अनि लगत्तै पार्टी एकता गर्न सहमत भएका छन् । त्यो अभियानमा बाबुराम भट्टराई र वामदेव गौतम समेत जोडिनेछन् ।
काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग पनि पार्टी एकता संयोजन समिति बनाउने तयारी भइरहेको बताउनुभएको छ । आज मङ्गलवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग चुनावी तालमेलका लागि समझदारी गरेलगत्तै उहाँले सञ्चारकर्मीमाझ यस्तो प्रतिक्रिया दिनुभएको हो ।
चुनावपछि पार्टी एकता नै हुने गरी त्याे समिति छिट्टै बनाउने सहमति माधव नेपालसँग भएको अध्यक्ष दाहालको भनाइ थियो । उहाँले पार्टी एकताप...
काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)सँग पनि पार्टी एकता संयोजन समिति बनाउने तयारी भइरहेको बताएका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग चुनावी तालमेलका लागि समझदारी गरेलगत्तै उनले सञ्चारकर्मीमाझ यस्तो प्रतिक्रिया दिएका हुन्। चुनावपछि पार्टी एकता नै हुने गरी सो समिति […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपाल र बाबुराम भट्टराई नेतृत्वको पार्टीसँग पार्टी एकता र चुनावी मोर्चा बनाउने विषयमा छलफल भैरहेको बताएका छन् । पार्टीको राष्ट्रिय सम्मेलनबारे जानकारी दिन शनिबार ललितपुरको हिमालय होटलमा आयोजित सम्पादकहरूसँगको छलफल कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।माधव नेपाल र बाबुराम भट्टराईसँग गठबन्धमा सँगै रहेको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘ माधव नेपाल र बाबुरामजीहरुसँग गठबन्धनमा सँ
काठमाडौं : नेकपा एमालेसँगको पार्टी एकता भंग भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना पुराना सारथि सम्झिन थालेका छन्। एमालेसँग पार्टी एकता गरेर दुई तिहाइको जनमत पाउँदा समेत केपी शर्मा ओलीसँग कुरा मिल्न नसकेपछि प्रचण्डले पूर्वमाओवादीहरूसँग एकताको प्रयास गरिरहेका छन्। एमालेसँगको विभाजनपछि रामबहादुर थापा बादल, लेखराज भट्टसहितका नेताहरू गुमाएपछि प्रचण्डले नेत्रविक्रम चन्द विप्लव, मोहन वैद्य किरण र बाबुराम भट्टराई लगायतसँग पा
नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले नेकपा( माओवादी केन्द्र)सँग पार्टी एकता सम्भव नरहेको बताएका छन्। आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले पार्टी एकता र कार्यगत एकता सम्भव नरहेको स्पष्ट पारे। उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सबै कुरामा हारिसकेको, थाकिसकेको र पछाडि परिसकेको भन्दै उनले बोलेका कुराको टिप्पणी गर्नु औचित्य नभएको बताए। पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले…