जेठ २१ गते मन्त्रिपरिषद् विस्तार गर्दा ५ जना पहिलो पटक मन्त्री बनेका थिए । जनता समाजवादी पार्टीका विमल श्रीवास्तव, उमाशंकर अरगरिया, एकवाल मिया तथा राज्यमन्त्री चन्द्रकान्त चौधरी र रेणुका गुरुङ पहिलो पटक मन्त्री बनेका हुन् ।
जेठ २७ गते शपथ गरेका नैनकला थापा, ज्वाला कुमारी शाह, नारद मुनी राना, गणेश पहाडी मोहन बानियाँ र आशाकुमारी बिक पहिलो पटक सरकारमा सहभागि भएका थिए । उनीहरु सहित गृह, सञ्चार तथा सूचना प्रविधि मन्त्री र स्वास्थ्य मन्त्रालय मन्त्रीविहीन भएका छन् ।
प्रतिनिधि सभा विघटनपछि थपिएका २० मध्ये ११ जना नयाँ अनुहार थि...