क्यासिनो सञ्चालनबापतको साढे ४२ करोड रोयल्टी नतिर्ने दरबारमार्गस्थित होटल याक एण्ड यती बन्द गराएका संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले अर्को निर्णय पनि गरेका छन् । उनले मन्त्रीस्तरीय निर्णयबाट मिनी क्यासिनो सञ्चालन गरिरहेको नेपालगन्जस्थित ड्रिमल्याण्ड होटल पनि बन्द गराएका हुन् ।२० भदौ ०६७ मा मिनी क्यासिनो ९आधुनिक मेसिन वा उपकरणबाट खेलाइने खेल० को अनुमति लिएको ह्याप्पी आवरले ड्रिमल्याण्डमा मिनी क्यासिनो सञ्चालन गर्दै आएको थियो । तर, आर्थिक वर्ष २०७६(७७ सम्मको बक्यौता,