३८ करोड बक्यौता नबुझाएपछि ड्रिमल्याण्ड होटेल बन्द गर्न निर्देशन

काठमाडौं, २७ माघ । नेपाल सरकारले नेपालगन्ज उपमहानगरपालिका–१० स्थित् ड्रिमल्याण्ड होटल बन्द गर्न निर्देशन दिएको छ । ड्रिमल्याण्डले ३८ करोड १० लाख ४५ हजार ६ सय ६४ बक्यौता नबुझाएको भन्दै होटल बन्द गर्न सरकारले निर्देशन दिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको प्रस्तावमा बुधबार मन्त्रीस्तरीय निर्णयले होटेल बन्द गर्ने निर्णय गरेको हो। […]

सम्बन्धित सामग्री

रोयल्टी नतिर्ने ड्रिमल्याण्ड होटेल र क्यासिनोलाई पनि सरकारले गरायो बन्द

रोयल्टी नतिरेका क्यासिनो र क्यासिनो रहेका होटेललाई सरकारले कारबाही गरेको छ । सोही क्रममा उनले मंगलवार काठमाडौंको याक एण्ड यति र नेपालगन्जको ड्रीम ल्याण्ड होटेल बन्द गर्ने निर्णय गरेका छन् । नेपालगन्जको ड्रिमल्याण्डमा ह्वाप्पी आवर प्रालिले क्यासिनो चलाइरहेको थियो । तर, यो क्यासिनोले सरकारलाई ३८ करोड १० लाख ४५ हजार रुपैयाँ रोयल्टी बुझाएको थिएन । सरकारले यो क्यासिनो र होटल दुवै बन्द गराउने निर्णय गरेको पर्यटन विभागले जानकारी गराएको छ ।