काठमाडौं : पाकिस्तानमा सरकार निर्माणका लागि पाकिस्तान मुस्लिम लिग नवाज पीएलएम–एन र पाकिस्तान पिपुल्स पार्टी पीपीपीबीच गठबन्धन गर्ने सहमति भएको छ। यसअघि पनि गठबन्धन सरकार बनाएका यी दुई पार्टीले गठबन्धनलाई निरन्तरता दिने सहमति गरेका हुन्। लाहोरस्थित बिलावल हाउसमा पीएलएम–एनका अध्यक्ष शहबाज शरीफ र पीपीपीका अध्यक्ष बिलावल भुट्टो तथा आसिफ अली जरदारीबीच सहमति भएको बीबीसीले जनाएको छ। सहमतिपछि जारी गरिएको विज्ञप्तिमा पीएलएम–एन र पीपीपीबीच राजनीतिक सहयोग आदान प्रदानको सैद्