लाइफटाइम एचिभमेन्ट अवार्ड याङ्किला शेर्पालाई दिइएको छ । शेर्पा ‘स्ट्याण्डर्ड चार्टर्ड न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्ड्स २०२३’ बाट सम्मानित भएकी हुन् । उनी स्नो लियोपार्ड ट्रेककी प्रबन्ध निर्देशक हुन् । न्यू बिजनेश एजले यस वर्ष ७ विधामा १३ महिलालाई सम्मान गरेको छ । ‘इन्टरप्राइजिङ वुमन अफ द इयर अवार्ड’बाट सम्मानित हुने महिला उद्यमीलाई जनही रू. ५१ हजारसहित पुरस्कृत गरिएको थियो । उक्त रकम नेशनल लाइफ इन्स्योरेन्सकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले प्रायोजन गरेकी थिइन् ।
सम्मानित हुनेहरू
लाइफटाइम एचिभमेन्ट अवार्डबाट याङ्किला शेर्पा (प्रबन्ध निर्देशक, स्नो लियोपार्ड ट्रेक)
सोसल आन्त्रप्रेनर अफ द इयरबाट डा. आनन्द शोभा ताम्राकार (भर्मी कम्पोस्ट विज्ञ)
वुमन इन टेक अफ द इयरबाट अलिशा श्रेष्ठ (सहसंस्थापक, अम्निल टेक्नोलोजिज प्रालि)
प्रोफेशनल वुमन अफ द इयरबाट सेवा पाठक (प्रमुख कार्यकारी अधिकृत, भायनेट कम्युनिकेशन)
बिजनेश वुमन अफ द इयरबाट पद्मासना शाक्य (अध्यक्ष, मानुषी लघुवित्त वित्तीय संस्था)
वुमन आन्त्रप्रेनर अफ द इयरबाट डा. प्रतिभा पाण्डे (मेडिकल डाइरेक्टर, सिवेक हस्पिटल)
सात प्रदेशबाट ‘इन्टरप्राइजिङ वुमन अफ द इयर’ अवार्डबाट सम्मानित हुनेहरू
कोशी– डिना प्रधान (बारी रोस्टेरी एन्ड प्याकेजिङ उद्योग)
मधेश– चञ्चला दास (वुमन स्किल सेन्टर)
बागमती– अनुष्का श्रेष्ठ (लसकुस फुड प्रोडक्ट प्रालि)
गण्डकी– सुकुन रसाइली विक (मार्फा फलफूल तथा तरकारी प्रशोधन उद्योग)
लुम्बिनी– बिन्दु चर्ती मगर (चर्ती फ्लोरा)
कर्णाली– शिला विश्वकर्मा नेपाली (जेएफ रत्नपत्थर प्रशोधन केन्द्र)
सुदूरपश्चिम– संगीता खड्का (पीएस ट्राभल प्वाइन्ट टुर्स प्रालि)
न्यू बिजनेश एजले यसअघि सन् २०२१ देखि नै महिला उद्यमीलाई सम्मान गर्ने कार्यक्रम गर्दै आएको थियो । यसपटकको अवार्डको मुख्य प्रायोजक स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड रहेको थियो । कार्यक्रममा आइएमई लाइफ, सलिको (सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड), साल्ट ट्रेडिङ कर्पोरेशन, माछापुच्छे« बैंक, सन लाइफ इन्स्योरेन्स, रिलायबल लाइफ इन्स्योरेन्स, सीताराम दूध, सांग्रिला डेभलपमेन्ट बैंक, होन्डा ग्राजिया, कृषि विकास बैंक लिमिटेड, व्यञ्जन, न्यू भी रोथो र वल्र्डलिंकको सहयोग रहेको थियो ।
अवार्डका लागि छनोटका आधार
सामाजिक प्रभाव/अर्थतन्त्रमा गरेको योगदान
उद्यमको पृष्ठभूमि र सार्वजनिक छवि
नवप्रवर्तन र प्रविधिको प्रयोग
जुरी विवेक
लाइफ टाइम एचिभमेन्ट अवार्ड
यस विधामा दूरदर्शी भिजन, ल्याएका नवप्रवर्तन, कम्तीमा ३० वर्षदेखि व्यवसायमा संलग्नता, व्यवसायप्रतिकोे लगाव, सार्वजनिक छवि जस्ता तत्त्वलाई स्वतन्त्र निर्णायक मण्डलले हेरेको थियो ।