जावलाखेल ग्रूपकी म्यागी शाहलाई लाइफटाइम एचिभमेन्ट अवार्ड

वैशाख ९, काठमाडौं । जावलाखेल ग्रूप अफ इन्डष्ट्रिज (जेजीआई) की म्यागी शाहलाई लाइफटाइम एचिभमेन्ट अवार्डले सम्मानित गरिएको छ । चार दशकसम्म नेपाली व्यवसायको क्षेत्रमा दिएको योगदानका लागि उनलाई सो सम्मान दिइएको हो ।  शाहलाई सो उपाधि न्यू बिजनेश एज प्रालिले शुक्रवार काठमाडौंमा आयोजना गरेको न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्ड्स २०२२ मा दिइएको हो । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडका सीईओ अनिर्वाण घोश दास्तिदार, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व नाथ पौडेल र न्यू बिजनेश एजका अध्यक्ष मदन लम्सालले संयुक्त रुपमा शाहलाई सो पुरस्कार प्रदान गरेका थिए । जेजीआईको प्रवर्द्धक समेत रहेकी शाहले कम्पनीलाई नयाँ उचाईमा पुर्‍याउन ठूलो भूमिका खेलेकी छिन् । उनले टेवा, महिला उद्यमी महासंघ नेपाल (एफविन) र सार्क महिला उद्यमी परिषद् नेपाललगायत संघसंस्थामार्फत पनि महिला सशक्तिकरणमा काम गर्दै आएकी छिन् । त्यस्तैगरी, कार्यक्रममा विविध श्रेणीका १३ जना महिला उद्यमीहरुलाई पनि सम्मान गरिएको थियो ।  समारोहमा रिकिशी कम्पोष्ट प्रालिकी अध्यक्ष उषा गिरीलाई ‘वुमन आन्त्रप्रेनर अफ दि इयर २०२२’ अवार्डबाट सम्मानित गरिएको थियो । यसको साथै हरेक प्रदेशका सात जना महिला उद्यमीहरुलाई पनि सम्मान गरियो ।  स्वतन्त्र निर्णायक समितिले २ हजारभन्दा धेरै महिला उद्यमीहरुबाट अन्तिम मनोनयमा पर्न सफल महिला उद्यमीको चयन गरेका थिए । नेपालकी  पहिलो महिला आर्किटेक्ट ज्योति शेरचनलाई ‘प्रोफेशनल वुमन अफ द इयर २०२२’ ले सम्मानित गरिएको छ । ज्ञानोदय विद्यालयकी प्रधानाध्यापिका इन्दिरा याकथुम्बाले ‘इन्स्पिरेशनल वूमन आन्त्रप्रेनर अफ दि इयर २०२२’ प्राप्त गरिन् ।  त्यस्तैगरी, शक्ति मिलन नेपालकी संस्थापक प्रकृति मैनालीलाई ‘सोसल वुमन आन्त्रप्रेनर अफ द इयर’ ले सम्मानित गरिएको छ । ‘इन्डिजिनियस वुमन आन्त्रप्रेनर अफ दि इयर’को उपाधि सुनैना मिथिला आर्टकी संस्थापक सुनैना ठाकुरले पाइन् । हर्वेदा बोटानिकल्सकी संस्थापक डा. प्रतिभा पान्डेले ‘इमर्जिङ वूमन आन्त्रप्रेनर अफ दि इयर’ अवार्ड पाएकी छिन् । एफविनकी अध्यक्ष निरु रायमाझीले निर्णायक समितिको अध्यक्षता गरेकी थिइन् । वर्षा श्रेष्ठ, अन्जु शर्मा, किशोर महर्जन र साहारा जोशी निर्णायक मन्डलका अन्य सदस्यहरु थिए ।  आयोजकहरुका अनुसार निर्णायक समितिले नियमनको अनुपालना, संगठनात्मक व्यवस्थापनको स्तर, व्यवसाय सञ्चालनको गुणस्तर, वित्तीय सूचकांकहरु, सामाविक प्रभाव, नवप्रवर्तन वा व्यवसायमा नविनता वा प्रडक्ट, रोजगारी सृजना, आयात निर्यातमा योगदान, योग्यता र संघर्ष, लगायत मापदन्ड र आफ््नो विवेकका आधारमा विजेताहरुको चयन गरेका थिए ।  कार्यक्रममा कोरोना भाइरसको ‘महामारीपछि महिला उद्यमीका लागि अवसर’ भन्ने शीर्षकमा गहन सामूहिक छलफल पनि भयो । यस क्रममा सहभागीहरुले महिला उद्यमीहरुले कोभिड- १९ का कारण सृजित चुनौतीहरुलाई कसरी जिते भन्नेबारे उजागर गरेका थिए ।  आयोजकका अनुसार वित्तीय साक्षरता, आन्त्रप्रेनरशिप, समय व्यवस्थापन र क्षमता विकासबारे हाइब्रिड पद्दतिमा पोखरा, वीरगञ्ज र वीराटनगरमा तीन ओटा विशेष अन्तरक्रिया तालिम कार्यक्रम भएको थियो । यो न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्ड्सको दोस्रो संस्करण हो ।  कार्यक्रमको मुख्य प्रायोजक स्ट्यान्डर्ड चार्टर्ड बैंक र  सह–प्रायोजक मुक्तिनाथ बिकास बैंक रहेका थिए । मेडिकल पार्टनर स्टार हस्पिटल, सेन्टर फर लिडरशिप एन्ड आन्त्रप्रेनरशिप नलेज पार्टनर, टर्किश एयरलाइन्स एयरलाइन्स पार्टनर, दराज, इकमर्श पार्टर, नेको इन्सुरेन्स लिमिटेड इन्सुरेन्स पार्टनर र फाइबर नेट इन्टरनेट पार्टनर थिए ।  कार्यक्रमलाई कृषि विकास बैंक, सिप्रदी ट्रेडिङ, स्ट्रोम रिलायबल लाइफ इन्सुरेन्स, प्रोग्रेशिभ फाइनान्स लिमिटेड, नेशनल लाइफ इन्सुरेन्स, एफवीन, एफएनसीसीआई र नेपाल राष्ट्र बैंकले पनि टेवा दिएका थिए । 

सम्बन्धित सामग्री

ललितपुरको ताल्छिखेलमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाकाे ज्यान गयाे

काठमाण्डाै - ललितपुरको ताल्छिखेलमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । हिजो बेलुका पौने ६ बजेतिर बा ९१ प ९००० नम्बरको मोटरसाइकलले सडक पार गर्दै गरेका जावलाखेल बस्ने दोलखाका दीपक शाहलाई ठक्कर दिएको थियो । घाइते शाहको पाटन अस्पतालमा उपचारका क्रममा राति पौने ९ बजे ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड न्यूबिज बिजनेश वुमन समिट एण्ड अवार्डस् (फोटो फिचर)

वैशाख ९, काठमाडौं । ‘स्ट्याण्डर्ड चार्टर्ड न्यूबिज बिजनेश वुमन समिट एण्ड अवार्डस् २०२२’ को अन्तिम कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । उक्त अवसरमा जावलाखेल ग्रूप अफ इन्डष्ट्रिज (जेसीआई) की म्यागी शाहलाई लाइफटाइम एचिभमेन्ट अवार्डले सम्मानित गरियो । चार दशकसम्म नेपाली व्यवसायको क्षेत्रमा दिएको योगदानका लागि उनलाई सो सम्मान दिइएको हो ।   स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडका सीईओ अनिर्वाण घोश दास्तिदार, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व नाथ पौडेल र न्यू बिजनेश एजका अध्यक्ष मदन लम्सालले संयुक्त रुपमा शाहलाई सो पुरस्कार प्रदान गरेका थिए । एभरेस्ट होटल बानेश्वर, काठमाडौंमा आयोजना गरिएको उक्त कार्यक्रममा सात ओटा प्रदेशका सात जनाले पनि उत्कृष्ट महिला उद्यमी अवार्ड पाएका छन् । कार्यक्रमका अवसरमा हाम्रा संवाददाता तथा फोटोग्राफर सुनिल शर्माले खिचेका तस्वीरहरु :