पीएसजी फ्रेन्च लिग उपाधि नजिक

दोस्रो स्थानको मार्सेलीलाई आइतबार राति २-१ अन्तरले पराजित गर्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) ११ औँ पटक फ्रेन्च लिग वान फुटबलको उपाधि नजिक पुगेकाे छ ।शीर्ष स्थानमा १५ अंकको अग्रता बनाएको पीएसजीले ६ खेल अघि नै लिग उपाधी जित्ने संघारमा पुगेको हो । जितसँगै पीएसजीले ३२ खेलबाट ७४ अंक बनाएको छ भने दोस्रो स्थानको मार्सेलीको ५९ अंक छ । अब २२ अप्रिलमा हुने एन्जर्सविरुद्धको खेलमा विजयी भए पीएसजीले लिग उपाधि जित्नेछ ।घरेलु मैदानमा खेलको १२औँ मिनेटमा नेयमारले गोल गर्दा पीएसजीले अग्रता दिलाए । डुजे अलेटाल

सम्बन्धित सामग्री

लिलबाट फ्रेन्च लिग जितेका रेनाटो सान्चेज पीएसजी पुगे

२० साउन, काठमाडौं । गतसिजन लिलबाट फ्रेन्च लिग वान जितेका रेनाटो सान्चेज पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्ध भएका छन् । २४ वर्षीय पोर्चुगिज मिडफिल्डर सान्चेजले पीएसजीसँग पाँच वर्षको सम्झौता गरेका छन् । सान्चेज अब २०२७ सम्म पेरिसमा रहनेछन् । सन् २०१९ मा जर्मन क्लब बायर्न म्युनिखबाट लिल पुगेका सान्चेजले त्यहाँ ९० खेल खेल्दै ६ […]

पीएसजीलाई फ्रेन्च लिग वानको उपाधि

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले  शनिबार राति भएको खेलमा लेन्ससँग १–१ गोलको बराबरी खेल्दै फ्रेन्च लिग वान फुटबलको उपाधि जितेको छ । पीएसजीले दशौँ पटक फ्रेन्च लिग वानको उपाधि जितेको हो । अघिल्लो सिजन उपविजेतामा चित्त बुझाएको पीएसजीले ४ खेल बाँकी हुँदै उपाधि जित्यो ।घरेलु मैदानमा खेलको ६८ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । ५७ औं मिनेटमा डान्सोले रातो कार्ड पाएपछि लेन्स १० खेलाडीमा समेटिएको थियो । ८८ औं मिनेटमा कोरेन्टिन जिनले गोल गर्दै लेन्सलाई

पीएसजी उपाधितर्फ अग्रसर

५ वैशाख, काठमाडौं । फ्रेन्च लिग वानको शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आइतबार राति दोस्रो स्थानको मार्सेलाई २-१ ले पराजित गरेको छ । यस जितपछि पीएसजी कीर्तिमानी १०औं लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदान पार्क डे प्रिन्समा भएको खेलमा पीएसजीका लागि नेयमार र किलियन एमबाप्पेले गोल गरे । खेलको १२औं मिनेटमा […]

फ्रेन्च लिग वानः पीएसजीको कठिन जित

काठमाडौं, २९ माघ । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले रेनसमाथि जित निकालेको छ । शुक्रबार राति भएको खेल पीएसजीले रेनसलाई १–० गोल अन्तरले पराजित गरेको हो । खेलको इन्जुरी समयमा लियोनल मेस्सीको पासमा पीएसजीका केलियन एमबाप्पेले गोल गर्दै टोलीलाई जित दिलाए । यस जितसँगै २४ खेलमा ५९ अंक जोडेको पीएसजी शीर्ष […]

हारबाट जोगियो पीएसजी

फ्रेन्च लिग फुटबल अन्तर्गत गए राति भएको खेलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) हारबाट जोगिएको छ ।

फ्रेन्च लिग वानः लेन्स र पीएसजी बराबरीमा रोकिए

काठमाडौं, १९ मंसिर । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा पीएसजीले लेन्ससँग १–१ गोलको बराबरी खेलेको हो । खेलको ६२ औं मिनेटमा सेको फोफानाले गोल गर्दै लेन्सलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको इन्जुरी समयमा जर्जिनियो विज्नाल्डमले गोल गर्दै पीएसजीलाई हारबाट जोगाएका थिए । यस […]

फ्रेन्च लिग : पुनरागमन जितसहित पीएसजीको सुखद सुरुआत

२४ साउन, काठमाडौं । ट्रोएसविरुद्ध पुनरागमन जितसहित पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानको नयाँ सिजनमा सुखद सुरुआत गरेको छ । शनिबार राति भएको सिजनको पहिलो खेलमा पीएसजीले एक गोलले पछि परेको स्थिति उल्टाएर ट्रोएसलाई २-१ ले पराजित गरेको हो । २१ मिनेटभित्रै तीन गोल भएको खेलको नवौं मिनेटमा ओएलिड एल हाजिमले गोल गर्दै […]

फ्रेन्च लिग वानमा पीएसजीको विजयी सुरुआत

एजेन्सी। आच्रफ हाकिमी र माउरो इकार्डीको गोलमा पीएसजीले गएराति ट्रोएसमाथि २–१ को नतिजा निकाल्दै फ्रेन्च लिग वानमा विजयी सुरुआत गरेको छ। गत सिजन पीएसजी लिगको दोस्रो स्थानमा सीमित भएको थियो। पीएसजीका लागि हाकिमीले १९ र इकार्डीले २१औं मिनेटमा गोल गरे। त्यसअघि ओउलिड इल हाजमको गोलबाट ट्रोएसले नवौं मिनेटमा अग्रता लिएको थियो। पीएसजी अहिले बार्सिलोना छाडेका मेस्सीलाई भित्र्याउने प्रयासमा छ।

फ्रेन्च लिग वानको उपाधि होड रोमञ्चक

एजेन्सी। फ्रेन्च लिग वानको उपाधि विजेता टुंगो लाग्न अन्तिम दिन कुर्नु पर्ने भएको छ। साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले रिम्सलाई ४–० ले हराउँदै आफूलाई उपाधि होडमा उभ्याएको छ। पीएसजीको जितमा नेइमार, काइलियन एमबाप्पे, माक्विनोस, मोइज केनले गोल गरे। जितसँगै पीएसजीले शीर्ष स्थानको लिलीसँगको दुरी एक अंकमा छोट्याएको छ। पीएसजीले अन्तिम खेल ब्रेस्टविरुद्ध र लिलीले एन्जर्सविरुद्ध खेल्नेछ।