अभिनेत्री करिश्मा मानन्धरले ‘आउ न संगी हो गाउँ न मिलेर छमछम नाचौं न पीर भुलेर’ बोलको तीजको गीत ल्याएकी छन् ।अभिनयबाट सबैको मनमा बस्न सफल मानन्धरले यो पटक नजिकिदै गरेको तीजको अवसर पारेर तीज गीत ल्याएकी हुन् ।मौलिक शैलीमा तयार गरिएको गीतमा गायिका मेलिना राईको स्वर तथा साहाज सिहंको संगीत छ ।गीतको आकर्षक म्युजिक भिडियो समेत बनेको छ । जसमा अभिनेत्री करिश्मा मानन्धर, अभिनेत्री तथा मोडल क्षितिजा शाक्य, मोडल सम्झना बुढाथोकी, तेन्जु योजन लगायतको अभिनय देख्न सकिन्छ ।के.बि फिलम