आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.१९ अंकले घटेको छ । सरकारले बजेट प्रस्तुत गरेयता कारोबारमा आएको तेस्रो दिनमा पनि सेयर बजार ओरालो लाग्दै २१ सय ३० अंकमा आइपुगेको हो । यसक्रममा आज नेप्सेमा १ अर्ब ७ करोड ८४ लाख रुपैयाँ बराबरको ३० लाख २० हजार कित्ता सेयर किनबेच भएको छ । कारोबार सुरू भएदेखि नै घट्न थालेको नेप्सेमा आज ३ समूहबाहेक सबै समूह घटेका छन् ।यस्तै, घटेका १० समूहमध्ये निर्जीवन बीमा समूहमा १५७ अंकको गिरावट र जीबन बीमा समूहमा १५५ अंकको गिरावट आएको छ । यसैगरी, उत्पादनमूलक र व्यापार