वडाध्यक्ष उम्मेदवारलाई भोट माग्दै गोरखाका गाउँगाउँमा बाबुराम

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराई मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा केन्द्रित भएर गृहजिल्लामा पुगेका छन्। उपनिर्वाचनमा गोरखा नगरपालिकाका ५ को वडाध्यक्ष पदमा हुन लागेको उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई भोट माग्न व्यस्त छन्। त्यहाँ नेसपा (नयाँ शक्ति) तर्फबाट वडाध्यक्षमा रूपेश मग्राती उम्मेदवार छन्। किसानहरूसँग धान झार्दै सबै मतदातालाई भेटेर […]

सम्बन्धित सामग्री

कृषक भेट्न उम्मेदवार खेतबारीमा, मतदातामा भने देखिएन उत्साह

तेह्रथुम । तेह्रथुममा विभिन्न दलका उम्मेदवारहरु भोट माग्दै गाउँगाउँमा पुग्ने क्रम जारी रहेकाे छ । खेती भित्र्याउने र नयाँ बाली लगाउने चटारोमा रहेका कृषक भेट्न उम्मेदवारहरु खेतबारीमै पुग्ने गरेका हुन् । तेह्रथुमका कृषकले लगाएको धान पाकेर पहेलपुर बनेको छ । थन्क्याउन लागेको बेलामा असिना र पानी आयो भने आफूले श्रम गरी उत्पादन गरेको बाली माटोमै […]

उम्मेदवार चिल्लो गाडीमा मतदाता त्रिपालमुनि

निर्वाचनका बेला उम्मेदवार चिल्लो गाडीमा माइक जोडेर मीठामीठा चुनावी गीत बजाउँदै गाउँगाउँमा भोट माग्दै हिँडिरहेका बेला बैतडीका केही मतदाता त्रिपालमुनि रात बिताउँदै आइरहेका छन्। बैतडीको दुर्गम सिगास गाउँपालिकाका–९ का कैलाश धामीले भारतमा ज्याला मजदुरी गरेर परिवार पाल्दै आउनुभएको छ। गाउँमा बस्ने घर नहुँदा उहाँ परिवारसहित भारतको पिथौरागढमा लामो समय ज्याला मजदुरी गरेर बस्नुभयो। भारतमै तीन छोराछोरी जन्मे। कोरोनापछि स्वदेश फर्किनुभएका उहाँसँग बस्ने घर नहुँदा त्रिपालमुनि रात बिताउँदै आइरहनुभएको छ।

भोट माग्दै गाउँगाउँमा नेता, आफ्ना माग राख्दै मतदाता

डोटी - आउँदो मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावका लागि उम्मेदवार र राजनीतिक दलका नेताहरु अहिले स्थानीयसँग भोट माग्न अहिले गाउँगाउँ पुगेका छन् । सहर बजारभन्दा पनि गाउँमा चुनावी चहलपहल निकै बढेको छ । गाउँमा उम्मेदवार तथा नेताहरु आउन थालेपछि यहाँका स्थानीयवासीले पनि आफ्ना मागका नेताहरुसँग राख्न थालेका छन् । चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवार गाउँगाउँमा चुनावी प्रचारका लागि पुगेपछि स्थानीयले आफ्ना माग नेताहरुसँग राख्न थालेका हुन् । दुई नगरपालिका र सात गा...

डोटी : भोट माग्दै खेतबारीमा उम्मेदवार

डोटी - आउँदाे मंसिर ४ गते हुने सङ्घ तथा प्रदेशको चुनावमा भाग लिएका गठबन्धन दललगायत नेकपा एमाले, राप्रपाका उम्मेदवारसहित नेता कार्यकर्ता अहिले गाउँगाउँमा पुगेका छन् । यतिबेला किसानलाई आफ्नो खेतीपाती भित्र्याउन भ्याइनभ्याइ छ । नेताहरु भने मत माग्न किसानका खेतबारीमै पुग्न थालेका छन् ।  डोटीमा चार दलसहितको लोकतान्त्रिक बाम गठबन्धन कायम रहेको छ भने प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र अर्को दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एक्लै चुनावी प्रतिसपर्धामा छ । प्रतिनिध सभा र प्रदे...

भोट माग्दै गाउँ पसे उम्मेदवारहरु

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि आ–आफ्नो पक्षमा मत माग्दै उम्मेदवार गाउँगाउँमा पसेका छन्।...