डोटी - आउँदाे मंसिर ४ गते हुने सङ्घ तथा प्रदेशको चुनावमा भाग लिएका गठबन्धन दललगायत नेकपा एमाले, राप्रपाका उम्मेदवारसहित नेता कार्यकर्ता अहिले गाउँगाउँमा पुगेका छन् । यतिबेला किसानलाई आफ्नो खेतीपाती भित्र्याउन भ्याइनभ्याइ छ । नेताहरु भने मत माग्न किसानका खेतबारीमै पुग्न थालेका छन् ।
डोटीमा चार दलसहितको लोकतान्त्रिक बाम गठबन्धन कायम रहेको छ भने प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र अर्को दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एक्लै चुनावी प्रतिसपर्धामा छ । प्रतिनिध सभा र प्रदे...