बीमा समितिले सगरमाथा इन्स्योरेन्सको लाभांश स्वीकृत गरेको छ l कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५२६३ प्रतिशत नगद लाभांश गरि कुल २०.०५२६३ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव समितिले स्वीकृत गरेको हो lबीमा समितिले लाभांश प्रस्ताव स्वीकृत गरेसंगै कम्पनीले बैशाख २८ गते साधारणसभा आह्वान गर्ने निर्णय गरेको छ। कम्पनीको आगामी बार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ।