पुष्पलाल (मध्यपहाडी) योजनाअर्न्तगत जाजरकोट रुकुम पश्चिम जोड्ने भेरी नदीको पुल निर्माण नहुँदा सम्झौता भएको १० वर्षपछि ठेक्का तोडिएको छ । जाजरकोटकोभेरी नगरपालिका र रुकुमको चौरजहारी नगरपालिका जोड्ने पुल ठेकेदारको लापरबाहीका कारण बन्न नसक्दा ठेक्का तोडिएको हो ।चौरजहारी जगतीपुर सडक योजनाअन्तर्गत महत्वाकांक्षी रूपमा लिइएको भेरी नदीमाथिको पुल ठेकेदार कम्पनीलाई योजना कार्यालयले बनाउनका लागि २०७३ सालदेखि पत्राचार गर्दासमेत पुलको प्रगति नदेखिएपछि ठेक्का तोडिएको जनाइएको छ ।पुल समयमा नबन्दा पुष्पल