खोटाङ – ठेकेदारको ढिलासुस्तीका कारण मध्यपहाडी राजमार्गअन्तर्गत खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङ र लामीडाँडा जोड्ने पंखु खोला पुलको ठेक्का सम्झौता तोडिएको छ ।
ठेकेदार कम्पनी सिरुवा कन्ट्रक्सन प्रालिले पटक–पटक सम्झौता म्याद गुजार्दा पनि काम सम्पन्न नगरेका कारण पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय सित्खा रामेछापले पुलको ठेक्का सम्झौता तोडेको हो । सम्झौता म्याद नाघेको पाँच वर्षपछि कार्यालयले पुनः टेन्डर गर्ने गरी पंखु खोला पुलको ठेक्का अन्त्य गरेको जनाएको छ । ठेक्का तोडिएसँगै क...