चामल खरिद गर्न टेन्डर आह्वान

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल खरिद गर्न दोस्रो पटक टेन्डर आह्वान गरेको छ । पहिलो पटक टेन्डर आह्वान गरेकोमा टेन्डर नपरेकाले पुन बजार मूल्य अनुसार चामल खरिद गर्ने गरी टेन्डर आह्वान गरेको हो । तीन लाख ३६ हजार क्विन्टल चामल खरिद गर्न कम्पनीले गत मङ्सिर ६ गते टेन्डर आह्वान गरेकोमा टेन्डर नपरेकाले पुन दुई लाख ७७ हजार क्विन्टल चामल खरिद गर्न टेन्डर आह्वान गरेको हो । कम्पनीले धान खरिद गर्न नपाएपछि चामल खरिद गर्न टेन्डर आह्वान गरेको थियो । कम्पनीले धान चामल खरिद गरी दुर्गम तथा सुगम ठाउँमा सुपथ मूल्यमा खाद्यान्न वितरण गर्र्ने गरेको छ । बजारमा धान खरिद गर्न नपाएपछि चामल खरिद गर्न कम्पनीले टेन्डर आह्वान गरेको थियो । तर चामल खरिद गर्न पहिलो पटक टेन्डर नपर्दा दोस्रो पटक टेन्डर आह्वान गरेको जनाइएको छ ।

सम्बन्धित सामग्री

धान नपाएपछि चामल खरिद गर्दै खाद्य कम्पनी

काठमाडौं । न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न नसकेपछि सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल खरिदको प्रक्रिया अघि बढाएको छ । सरकारले तोकेका मूल्यमा धान बिक्री गर्न किसान इच्छुक नभएपछि दुर्गम क्षेत्रमा खाद्यान्नको जोहो गर्न दुई लाख ९१ हजार क्विन्टल चामल खरिदका लागि टेन्डर आह्वान गरिएको कम्पनीले जनाएको छ । कम्पनीले चालु आर्थिक […]

धान नपाएपछि चामल खरिद गर्दै खाद्य कम्पनी

काठमाडौँ, १९ पुस । न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न नसकेपछि सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल खरिदको प्रक्रिया अघि बढाएको छ । सरकारले तोकेका मूल्यमा धान बिक्री गर्न किसान इच्छुक नभएपछि दुर्गम क्षेत्रमा खाद्यान्नको जोहो गर्न दुई लाख ९१ हजार क्विन्टल चामल खरिदका लागि टेन्डर आह्वान गरिएको कम्पनीले जनाएको छ । कम्पनीले […]

चामल किन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले डेढ लाख क्विन्टलभन्दा बढी चामल खरिद गर्ने भएको छ । लक्ष्यअनुसार धान खरिद गर्न नसकेपछि कम्पनीले चामल खरिद गर्न लागेको हो । कम्पनीका अनुसार चामल खरिद गर्न कम्पनीले टेन्डर आह्वान गरेको छ । क

एक लाख ६२ हजार क्विन्टल चामल खरिद गर्दै खाद्य कम्पनी

सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले एक लाख ६२ हजार ५ सय क्विन्टल चामल खरिद गर्ने भएको छ । लक्ष्यअनुसार धान खरिद गर्न नसकेपछि कम्पनीले चामल खरिद गर्न लागेको हो ।चामल खरिद गर्नका लागि कम्पनीले टेन्डर आह्वान गरेको छ । कम्पनीकी प्रवक्ता शर्मिला न्यौपानेले भनिन्, “१ लाख ६२ हजार क्विन्टल चामल खरिदका […]