मगन्तेको भेषमा पैसा माग्ने भारतीय लखेट्दै प्रहरी

विभिन्न बहानामा भारतबाट नेपाल भित्रिएर मगन्तेको भेषमा सार्वजनिकस्थलमा पैसा माग गर्ने मगन्तेलाई पर्सा प्रहरीले निरुत्साही गर्न थालेको छ । देशकै आर्थिक राजधानी वीरगञ्ज बजार आसपास क्षेत्रमा भारतबाट आएका मगन्तेलाई प्रहरीले नियन्त्रण गर्न अभियान चलाएको हो । त्यस्ता मगन्तेलाई नियन्त्रणमा लिएर नजिकैको वीरगञ्ज बजारभन्दा पारी पुनःभारततर्फ फर्काउन योजना अघि बढाइएको पर्साका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक …

सम्बन्धित सामग्री

सशस्त्र प्रहरी र भारतीय एसएसबि मिलेर दशगजाको अतिक्रमण हटाउँदै

सशस्त्र प्रहरी बल सर्लाही र भारतीय एसएसबि मिलेर नेपाल भारत सीमालाई छुट्याउने दशगजा क्षेत्रको अतिक्रमण हटाउने काम गरिरहेका छन्।...

हतियारसहित भारतीय प्रहरी नेपाल प्रवेश

बर्दियामा । बर्दियामा हतियारसहित भारतीय प्रहरी नेपाल प्रवेश गरेका छन । बिहिवार बेलुकी भारतीय प्रहरीका उपरीक्षक बर्दिया सदरमुकाम गुलरियामा प्रवेश गरेका हुन् । यूपी ५३ डीके ७४०६ नम्बरको प्रहरीको गाडीमा आएका उनले पेस्तोल बोकेका थिए । उनी बर्दियाको एक पेट्रोल पम्पमा पुगी गाडीमा पेट्रोल भरेर फर्किएको स्थानीयले बताएका छन् । सीमामा तैनाथ सशस्त्र प्रहरी र […]

‘गाडीमा तेल हाल्न’ हतियारसहित बर्दियाकाे गुलरिया आए भारतीय प्रहरी !

बर्दिया – गाडीमा तेल हाल्न भन्दै बर्दियाको सदरमुकाम गुलरियामा हतियारसहित भारतीय प्रहरी प्रवेश गरेका छन् । नेपाल–भारत सीमामा पर्ने उत्तर प्रदेश बहराइच मुर्तिहा नाकाबाट भारतीय कोतवाली प्रहरीसहितको टोली गाडीमा तेल हाल्न भन्दै बर्दियाको सदरमुकाम गुलरिया प्रवेश गरेका हुन् ।भारतीय प्रहरीका दरोगा (उपरीक्षक) भारतीय प्रहरी पोसाकमा पेस्ताेलसहित अनधिकृत रूपमा आज बिहीवार बेलुकी ६ बजेतिर सदरमुकाम गुलरिया प्रवेश गरेका जनाइएको छ । यूपी ५३ डीके ७४०६ नम्बरको प्रहरीको गाडीमा आएका टाेलीले बर्दिया गुलरियाको एक...

अवैध रूपमा नेपाल प्रवेश गरेका दुई भारतीय प्रहरी पक्राउ

भन्सार शुल्क नतिरेर नेपाल प्रवेश गरेका उनीहरू प्रहरी भएको खुलेपछि भारतीय प्रहरीलाई जानकारी गराइएको छ ।

विनाइजाजत खुलेआम नेपाल घुम्छन् भारतीय प्रहरी, २ जना नियन्त्रणमा

विनाइजाजत भारतीय प्रहरी नेपालमा घुम्ने गरेको पाइएको छ । आन्तरिक सुरक्षा संवेदनशीलतासँग जोडिए पनि विनाइजाजत नेपाल प्रवेश गर्ने भारतीय प्रहरीबारे नेपाल प्रहरीले भने सामान्य रुपमा लिएको छ । बिहीवार साँझ नेपालका दुई सुरक्षा निकायको चेकपोष्टलाई छल्दै दुई भारतीय प्रहरी सवार गाडी कैलालीको खक्रौला नाका हुँदै नेपाल प्रवेश गरेको थियो ।  खक्रौला भन्सार कार्यालयको बेरियरमा प्रहरीको चेकपोष्ट छ । त्योभन्दा अगाडि बीओपी खक्रौलाको चेकपोष्ट र प्रहरी चौकी कालाकुण्डाको चेकपोष्ट छ ।  ती तीनवटै चेकपोष्टमा इन्ट्री नगरी उ...

भारतीय तस्करबाट सशस्त्र प्रहरी कुटिए

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ८ सुन्दरनगरमा भारतीय तस्करले सशस्त्र प्रहरीका तीन जना जवानमाथि कुटपिट गरेका छन । भारतीय तस्कर समूहको आक्रमणबाट सशस्त्र प्रहरी जवान सुदीप सुनारको दुवै हातमा चोट लागेको छ । नेपालका तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । सोमबार राती दोधाराचाँदनी नगरपालिका–८ को कन्जभोज नजिकै नेपाल–भारत सीमा क्षेत्रमा […] The post भारतीय तस्करबाट सशस्त्र प्रहरी कुटिए appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

भारतीय तस्करको ढुङ्गामुढाबाट सशस्त्र प्रहरी घाइते

कञ्चनपुर, ५ असोज: दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा भारतीय तस्करहरूले गए राति सशस्त्र प्रहरीको गस्ती टोलीमाथि ढुङ्गामुढा प्रहार गरेको छ । ढुङ्गामुढा प्रहारबाट एक सशस्त्र प्रहरी जवान घाइते भएका छन् । घाइते जवानको अवस्था सामान्य रहेको छ । घाइते जवानको हात र पाखुरामा चोट लागेको छ । सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरी झलारीका प्रहरी […]

भारतीय तस्करको ढुङ्गामुढाबाट सशस्त्र प्रहरी घाइते

दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा भारतीय तस्करहरूले गए राति सशस्त्र प्रहरीको गस्ती टोलीमाथि ढुङ्गामुढा प्रहार गरेको छ । ढुङ्गामुढा प्रहारबाट एक सशस्त्र प्रहरी जवान घाइते भएका छन् । घाइते जवानको अवस्था सामान्य रहेको छ । घाइते जवानको हात र पाखुरामा चोट लागेको छ ।सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरी झलारीका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार सात÷आठ जनाको सङ्ख्यामा मोटरसाइकलमा भारतबाट सामान ल्याउँदै गरेका तस्करहरूले सीमाक्षेत्र नजिक ढुङ्गामुढा प्रहार गरेका हुन् । भारत

भारतीय तस्करको आक्रमणबाट सशस्त्र प्रहरी जवान घाइते

कञ्चनपुर : दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा भारतीय तस्करहरुले सशस्त्र प्रहरीको गस्ती टोलीमाथि आक्रमण गरेका छन्।सोमबार राति तस्कारहरुले ढुंगामुढा गर्दा एक जना सशस्त्र प्रहरी जवान घाइते भएको सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरी झलारीका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिए। घाइतेको हात र पाखुरामा सामान्य चोट लागेको छ।प्रहरी उपरीक्षक ऐरका अनुसार ७÷८ जनाको संख्यामा मोटरसाइकलमा भारतबाट समान ल्याएर आउने क्रमममा गस्ती टोलीले तस्करहरुलाई नियन्त्रणमा लिने क्रममा ढुंगामुढा भए

कञ्चनपुरमा प्रहरी र भारतीय तस्करबीच गोली हानाहान, एकको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरमा प्रहरी र भारतीय तस्करबीच गोली हानाहान हुँदा एकजनाको मृत्यु भएको छ । घटनामा एक जना प्रहरी घाइते भएका छन् । बेलौरी नगरपालिका–७ पौलाहास्थित नेपाल–भारत सीमा नजिकै भएको दोहोरो भिडन्तमा एक जनाको मृत्यु भएको कञ्चनपुर प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभएको छ । मृतकको परिचय खुलेको छैन । मृतकको शव बेलौरी प्राथमिक अस्पतालमा राखिएको छ । प्रहरीका अनुसार गस्तीमा रहेको प्रहरीमाथि भारतीय तस्करले गोली प्रहार गरेका थिए । त्यस पछि प्रतिरक्षा गर्न नेपाली पक्षले पनि जवाफी गोली प्रहार गर्दा भारतीय तस्करको मृत्यु भएको हो । चार जनाको समूहमा आएका भारतीय तस्करले गस्तीमा रहेको प्रहरी टोलीमाथी गोली प्रहार गरेको थियो ।