म्याग्दी – ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने मूल नारासहित म्याग्दीको सदरमुकाम बेनीमा आज (बिहीवार) देखि नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला भलिबल प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा गण्डकी प्रदेशले लगातार सोझो तीन सेटमा सुदूरपश्चिम प्रदेशलाई हराउँदै प्रतियाेगितामा विजयी सुरुवात गरेका छ ।
गण्डकीले सुदूरपश्चिम प्रदेशलाई २५–१८, २५–८ र २५–२२ को सेटमा पराजित गरेको हो । भोलि (शुक्रवार) को पहिलो खेल कर्णाली प्रदेश र सशस्त्र प्रहरी बल (एपीएफ) को बीचमा हुने आयोजकले जनाएको छ । ...