श्रम सम्झौता भएका जापान, मरिससमा श्रमिक जान पाएनन्

काठमाडौं । सरकारले ४ वर्ष अघि श्रम सम्झौता गरेका जापान र मरिससमा अझै पनि श्रमिक जान पाएका छैनन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम सम्झौता गरेपछि ती मुलुकमा जान कहिले पाइन्छ भन्दै ठूलो संख्याका युवायुवती सोधखोजका लागि आइरहेको वैदेशिक रोजगार विभागले बताएको छ । जापान र मरिसस नेपालीले रुचाएका गन्तव्य हुन् । ती मुलुकमा रोजगारी गर्न पाए पारिश्रमिक राम्रो पाइने धेरैको अपेक्षा छ । श्रम मन्त्रालयले भने श्रम सम्झौता भए पनि प्राविधिक विषयमा छलफल भइरहेकाले ती देशमा श्रमिक आपूर्ति गर्ने विषयमा टुंगो लाग्न नसकेको बताउँदै आएको छ । ‘श्रम सम्झौता भए पनि कतिपय विषयमा छलफल र परामर्श गर्नुपर्ने देखिएको छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘श्रम सम्झौतापछि पनि कैयौं विषयमा छलफल गर्नुपर्ने भएकाले श्रमिक आपूर्ति गर्ने विषयमा केही ढिलाइ भएको हो । श्रम सम्झौता भएको देशमा कामदार पठाउन कार्यविधि बनाइरहेका छौं ।’ हतारमा श्रम सम्झौता गरिएकाले थुप्रै विषयमा स्पष्टता हुन नसकेको उनले बताए । श्रमिक आपूर्ति गर्ने विषयमा नेपाल र जापानबीच २०७५ चैतमा श्रम सम्झौता भएको थियो । जापानमा व्यक्तिगत प्रयासमा श्रम तथा अध्ययनका लागि वार्षिक ८ हजारभन्दा धेरै नेपाली जाने गरेको सरकारी तथ्यांक छ । हाल जापानमा ७० हजारभन्दा धेरै नेपाली रोजगारीमा कार्यरत रहेको सरकारी अनुमान छ । यसैगरी, मरिसस र नेपाल सरकारबीच २०७५ फागुनमा सरकारी स्तरमा श्रम सम्झौता भएको थियो । भारत हुँदै रोजगारीको खोजीमा त्यहाँ पुग्ने नेपालीको संख्या वार्षिक ५ हजारभन्दा धेरै छ । मरिससमा वार्षिक ७ हजारभन्दा बढी कामदार पठाउन श्रम सम्झौता भएको बताइएको थियो । सेवासुविधाका दृष्टिले राम्रा मुलुकमा श्रमिक जान नपाएपछि अधिकांश श्रमिक खाडी मुलुक र मलेसिया जाने गरेका छन् । स्वदेशमा रोजगारीका अवसर नहुँदा वैदेशिक रोजगारीको विकल्प देखिएको छैन । विज्ञहरूले वैदेशिक रोजगारी र त्यसबाट प्राप्त हुने रेमिट्यान्सलाई ‘बर्खाको खहरे खोला’सँग तुलना गर्दै जुनसुकै बेला सुक्न सक्ने बताए पनि सरकारले स्वदेशमा रोजगारी सृजनाका लागि काम गर्न सकेको छैन ।

सम्बन्धित सामग्री

नेपाली श्रमिक कहिले जान पाउलान् जर्मनी ?

१४ मंसिर, काठमाडौं । गत असोज २३ मा नेपाल र यूरोपेली मुलुक जर्मनीबीच श्रम सम्झौता भयो । दुवै राष्ट्रले ‘दक्ष श्रम आप्रवासन तथा ज्ञान आदानप्रदान सम्बन्धी संयुक्त घोषणापत्र’मा हस्ताक्षर गरेसँगै नेपालबाट कामदार लैजाने वैधानिक बाटो खुल्यो । नेपालले पहिलोपटक युरोपियन मुलुकमा श्रम बजारका लागि बाटो खुला गरेसँगै रोजगारीका लागि विदेशिने नेपाली श्रमिकमा उत्साह थपेको छ […]

कोरियाको सिप विल्डिङमा नेपाली श्रमिक माग

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तरगत कोरियाले सिप विल्डिङ क्षेत्रमा पहिलो पटक नेपाली श्रमिक माग गरेको छ । यो भन्दा अघि कोरियाका विभिन्न रोजगारदाताले २३८ नेपालीलाई सिप निर्माण क्षेत्रमा काम गर्ने गरी सम्झौता गरेका थिए । वैदेशिक रोजगार विभाग, इपिएस शाखाका निर्देशक पुष्पराज कटुवालले ८९२ नेपाली मध्ये सोमबारसम्म २३८ नेपालीलाई माग गर्ने गरी आफ्नोतर्फबाट श्रम सम्झौता […]

गन्तव्य मुलुकसँग श्रम सम्झौताको तयारी, शून्य लागतमा पठाउने गरी मस्यौदा तयार

काठमाडौं : सरकारले नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य मुलुकसँग नयाँ श्रम सम्झौता गर्ने पुरानो सम्झौता परिमार्जन गर्ने भएको छ। लामो समयदेखि परिमार्जन हुन नसकेको सम्झौता परिमार्जन गर्ने तयारी भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।युएई, मलेसिया कतारसँग भएको श्रम सम्झौता परिमार्जन गर्ने साथै साउदी अरब र सेसल्ससँग नयाँ श्रम सम्झौता गर्ने तयारी रहेको मन्त्रालयले जनाएको छ। नेपाली श्रमिक रोजगारीका लागि गइरहेको अवस्थामा सम्झौता नहुँदा समस्या भाग्दै आएका छन्। जसलाई मध्यनजर गर

तीन दशकपछि बेलायत कामदार पठाउन श्रम सम्झौता हुँदै, पहिलो चरणमा नर्स

बेलायत सरकारले नेपालबाट २०४९ सालदेखि श्रम सम्झौता गरी कामदार लैजान प्रस्ताव गर्दै आएको थियो । तर, नेपालमा दक्ष कामदार उत्पादन गर्ने तालिम केन्द्र नहुँदा बेलायतले खोजेजस्तो श्रमिक पठाउन नसकिएको श्रम मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगार : बेलायतमा नेपाली नर्स पठाउन श्रम सम्झौता हुँदै

काठमाडौं । नेपाल र बेलायतबीच श्रम सम्झौता हुने भएको छ । सरकारले बेलायतसँग श्रम सम्झौता गरी रोजगारीका लागि नेपाली नर्स पठाउने भएको हो । काम, पारिश्रमिक तथा सेवा/सुविधाका हिसाबले आकर्षक तथा सुरक्षित गन्तव्य मुलुक खोजी गर्ने क्रममा बेलायतसँग सम्झौता गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बताएको छ । नेपालबाट श्रम, परराष्ट्र, कानून मन्त्रालय, चिकित्सा शिक्षा आयोगका प्रतिनिधि तथा बेलायतको स्वास्थ्य विभाग, राष्ट्रिय स्वास्थ्य सेवा र नेपालस्थित दूतावासका अधिकारीहरू सम्मिलित शुक्रवार सम्पन्न पहिलो बैठकमा एक साताभित्र श्रम सम्झौताको मस्यौदा तयार गर्ने सहमति भएको छ । नेपाल र बेलायतका अधिकारीहरूबीच काठमाडौंमा भएको बैठकमा श्रम समझदारी भएपछि नर्सको भर्ना प्रक्रिया अगाडि बढाउने सहमति भएको हो । श्रम समझदारी गर्न दुवै पक्षले प्रक्रिया अगाडि बढाएका छन् । बैठकमा सहभागी भएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहप्रवक्ता थानेश्वर भुसालका अनुसार नर्सको रूपमा बेलायतको रोजगारीमा जानेले कुनै शुल्क तिर्नुपर्दैन । ‘यो बैठकले बेलायतमा कति जना नर्स लैजाने भन्ने टुंग्याएको छैन । श्रम समझदारी गर्ने सहमति भने भयो,’ उनले भने, ‘छनोट भएका नर्सले भाषा परीक्षाको तयारी गर्दा लागेको शुल्कसमेत बेलायतले नै बेहोर्नेछ ।’ नेपालबाट छनोट भएका नर्सले बेलायत गएपछि बेलायतको स्वास्थ्य काउन्सिलले लिने परीक्षा भने उत्तीर्ण गर्नुपर्ने भुसालले बताए । नेपाल र बेलायतबीच जीटुजी प्रक्रियामार्फत नेपाली नर्स पठाउने सहमति भएको छ । नेपालका नर्सिङ कलेजको क्षमता बढाउन समेत बेलायत सरकारले सहयोग गर्नेछ । नेपालमा नर्स उत्पादन बढाउन छात्रवृत्ति दिएर सहयोग गर्ने प्रतिबद्धता बेलायत सरकारले व्यक्त गरेको छ । नर्सहरूको करार अवधि पाँच वर्षको हुनेगरी नेपालले प्रस्ताव गरेको छ । रोजगारदाता र कामदार स्रोत मुलुकबीचको श्रम सम्झौतालाई आप्रवासी कामदारको हित सुनिश्चित गर्ने प्रभावकारी उपाय मानिएको छ । श्रम मन्त्रालयका अनुसार बेलायतसँग हुने श्रम सम्झौता ऐतिहासिक उपलब्धि हुनेछ । यूरोपका उच्च आय हुने मुलुकहरूसँग पनि श्रम सम्झौता गरी नेपाली श्रमिक पठाइने मन्त्रालयले बताएको छ । श्रम सम्झौतापछि न्यूनतम पारिश्रमिक, औषधि उपचार, बीमा, सुरक्षासहितका कानूनी सुरक्षाको प्रत्याभूति हुनेछ । गन्तव्य मुलुकमा श्रमिकको आर्थिक, भौतिक तथा सामाजिक सुरक्षाको ग्यारेन्टी श्रम सम्झौतामार्फत गर्न सकिनेछ । बेलायतले दक्षिण एसियाली क्षेत्रबाट स्वास्थ्य क्षेत्रमा एक लाख श्रमिक भित्र्याउने घोषणा गरेको छ । नेपालबाट करिब १० हजार नर्सिङ जनशक्ति लैजाने बेलायतको तयारी छ । नेपाल नर्सिङ संघका अनुसार हालसम्म नेपालमा ६६ हजार नर्स उत्पादन भएका छन् । तीमध्ये २५ हजार विदेशमा छन् । ९ हजार नर्स सरकारी सेवामा रहेको संघको तथ्यांक छ । वैदेशिक रोजगारीलाई विविधीकरण गर्ने लक्ष्य लिएको सरकारले आकर्षक गन्तव्यको खोजी गरिरहेको छ । यसअघि जापान, इजरायल, मरिससलगायत मुलुकसँग नेपालले विशिष्टीकृत क्षमताका श्रमिक पठाउने समझदारी गरिसकेको छ । छिट्टै नेपाली श्रमिक इजरायलको स्वास्थ्य क्षेत्रमा काम गर्न जाँदै छन् ।

कात्तिक दोस्रो साताबाट श्रमिक इजरायल जाने

इजरायलले नेपाली श्रमिक छिटो पठाउन अनुरोध गरेपछि अन्तर्वार्तामा उत्तीर्णलाई कात्तिक दोस्रो हप्ता पठाउने गरी सरकारले प्रक्रिया अघि बढाएको छ । इजरायलको रोजगारीका लागि नेपालको तर्फबाट लिखित, शारीरिक परीक्षण र अन्तर्वार्ताबाट छनोट भएका युवालाई पठाउने तयारी अघि बढाइएको हो ।इजरायलसँग श्रम सम्झौता भएलगत्तै श्रमिक पठाउन ताकेता गर्दै आएको इजरायलले प्रक्रिया छिटो सम्पन्न गर्न अनुरोध गरेको लगभग […]

श्रम सम्झौता भएका १० हजार श्रमिक डेढ वर्षदेखि रोकिए

भिसा लागेर पनि रोजगारीका लागि कोरिया जान नपाएका श्रमिकलाई सरकारले पठाउने तयारी गरिरहेको भए पनि कोरियामा पुनः कोरोना संक्रमण फैलन थालेका कारण अनिश्चय बढेको छ ।लामो समयदेखि रोजगारीका लागि कोरिया जान नपाएका नेपाली युवालाई पठाउने सम्बन्धमा नेपाल सरकारले पहल गरिरहेको बेला कोरियामा भने चौथो लहरको डेल्टा भाइरस बढ्दै गइरहेको हो । सरकारले रोजगार अनुमति प्रणाली […]

नेपालबाट श्रमिक लैजाँदै इजरायल, कस्तो व्यक्ति जान पाउँछन् ?

नेपालसँग सम्झौता भएको लामो समयसम्म पनि कामदार लैजान आनाकानी गरिरहेको इजरायलले नेपाली श्रमिक लैजान इच्छा देखाउँदै १ हजार जना श्रमिकको माग गरेको छ ।वैदेशिक रोजगार विभागका अनुसार इजरायलले सुसारे (केयरगिभर) कामका लागि हजार नेपाली श्रमिक लैजान खोजेको हो । कोरोना महामारीका कारण अवस्था असामान्य नभएमा इजरायलले मागेको श्रमिकका लागि एक÷डेढ हप्ताभित्र विज्ञापन खुलाएर श्रमिक पठाउने तयारी सरकारको छ ।सरकारले गतवर्ष इजरायल र नेपालबीच श्रम सम्झौता गर्दै पहिलो चरणमा ५ सय जना कामदार पठाउने समझदारी गरेको थि

रोकिएका नेपाली श्रमिक कोरिया जान ढिलाइ

कोभिड–१९ को संकट बढ्दै गएपछि भिसा प्राप्त गरेका र श्रम सम्झौता सम्पन्न गरेका नेपाली श्रमिकको कोरिया प्रवेशमा थप ढिलाइ हुने भएको छ ।कोरिया भिसाको म्याद समाप्त भएर नेपाल फर्कन लागेका नेपाली भिसा अवधि १ वर्ष थप गर्ने र कोभिड संकट बढ्दै गएकाले यहाँ रहेका नेपालीको कोरिया प्रवेशमा ढिलाइ हुने भएको हो ।कोरिया सरकारले भिसा लागेका […]