आइतबार बिहान खाेटाङ केन्द्रबिन्दु भएर गएकाे भूकम्प ७२ सालमा गएकाे विनाशकारी महाभूकम्पकाे पराकम्पन नरहेकाे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ ।
काठमाण्डाै - (अपडेट) खोटाङको मातिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको छ ।
बिहान ८ बजेर १३ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का खोटाङ, काठमाण्डौसहित देशका धेरै ठाउँमा महसुस गरिएको छ ।
NEMRC, Nepal (@NepalNsc) July 31, 2022
खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईँका अनुसार ४ देखि १० सेकेण्डसम्मको धक्का महसुस भएको छ । त्यहाँ अहिलेसम्म बिजुली नियमित छ ।
क्षतिको विवरणबारे जानकारी प्राप्त भइनसकेको उहाँले बताउनुभयो । विपद् व्यवस्थापनमा खटिने...