बलुचिस्तानका जनताको अभावलाई सम्बोधन गर्न पाकिस्तानी विपक्षी नेताको माग

पाकिस्तानका प्रधानमन्त्री इमरान खान सरकारले बलुचिस्तानका जनताको अभावलाई बेवास्ता गरेको भन्दै विपक्षी नेताहरूले बारम्बार आक्रोश व्यक्त गर्ने र सरकारको चर्को आलोचना गर्ने गरेका छन्। पछिल्लो समय कोरोना महामारी र मुलुकमा देखिएको चरम आर्थिक सङ्कटका कारण बलुचिस्तानका जनताहरू भोकै मर्नुपर्ने अवस्था सिर्जना हुनसक्ने भन्दै नेताहरूले सरकारलाई गम्भीर ध्यानाकर्षण गराएका छन्।

सम्बन्धित सामग्री

ग्वादर आन्दोलनः दमनकारी शासनविरुद्ध अहिंसात्मक प्रदर्शन

पाकिस्तानी सरकारले आफ्ना चिनियाँ हितकर्ताहरूको सहमति बिना उनीहरुको माग सम्बोधन गर्नसक्ने अवस्था थिएन । तथापि संवेदनहीन र अधिनायकवादी सरकार अहिंसात्मक आन्दोलनको सामु झुक्न बाध्य भएको हो ।