६ वैशाख, बुटवल । विवेकशील साझा पार्टीले तिलोत्तमा नगरपालिकाको मेयर र उपमेयर पदको उम्मेदवार सिफारिस गरेको छ । मेयरमा डा. अमित के.सी र उपमेयरमा रुपा गुरुङलाई उम्मेदवार बनाउने निर्णय विवेकशील साझाले जनाएको छ । वडा नं. ७ भलवारी निवासी डा. केसी नेत्र रोग विशेषज्ञ हुन् भने वडा नं १४ निवासी गुरुङ शिक्षण पेशामा आबद्ध हुन् […]