ओखलढुंगा । प्रदेश नं १ का केही विद्यालयमा परीक्षणको रूपमा सञ्चालन गरिएको ‘एक विद्यालय एक नर्स कार्यक्रम’ ओखलढुङ्गाका पाँच स्थानीय तहमा लागू गरिने भएको छ । जिल्लाको खिजीदेम्बा गाउँपालिकास्थित कुण्डली मावि खिजीकाती, मोलुङस्थित कुन्तादेवीको सरस्वती मावि बुङ्नाम, चिशङ्खुगढीस्थित सरस्वती मावि खानीभञ्ज्याङ र सुनकोशी गाउँपालिकास्थित कटुञ्जे मावि कटुञ्जे र मानेभञ्ज्याङस्थित हर्कपुर मावि टोक्सेलमा यो कार्यक्रम लागू गरिएको हो । प्रत्येक स्थानीय तहमा एक÷एक जनाको दरले १३ वटै ज