वंशाणुगत रोग नियन्त्रण केन्द्र स्थापना गर्न पहल थाल्छुः स्वास्थ्य राज्यमन्त्री
वीर अस्पतालको वंशाणुगत युनिटले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री केसीले वंशाणुगत रोगको विषयमा अध्ययन, अनुसन्धान र उपचारका लागि वंशाणुगत रोग केन्द्र स्थापनाको लागि पहल थाल्ने बताएका हुन् ।
काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा दुई नयाँ सेवा सुरु भएको छ । अस्पतालले गर्भवती तथा सुत्केरीका लागि मानसिक स्वास्थ्य सेवाको ओपीडी र नवजात शिशुमा वंशाणुगत रोग पत्ता लगाउन ‘न्यु बर्न स्क्रिनिङ’ सेवा सुरु गरेको हो । आइतबार सेवा शुभारम्भ गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अनिवार्य रुपमा दिनुपर्ने दुई सेवा अस्पतालले सुरु गर्नु […]
‘नेपालमा वंशाणुगत रोगका विषयमा अध्ययन भएको छैन, वंशाणुगत रोगको विषयमा अध्ययन, अनुसन्धानका साथसाथै अत्याधुनिक प्रविधिसहितको उपचार गर्ने छुट्टै वंशाणुगत रोग केन्द्र स्थापना गर्न आवश्यक छ,’...
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले वंशाणुगत रोग केन्द्र स्थापनाको पहल गर्न जाेड दिने बताएका छन् । वीर अस्पतालले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री केसीले वंशाणुगत रोगको विषयमा अध्ययन, अनुसन्धान र उपचारका लागि पहल थालिने बताएका हुन् ।
२२ असोज, काठमाडौं । वंशाणुगत रोग धेरै मानिसका लागि ठूलो समस्या बन्दैछ । नेपालमा रोग पहिचान गर्ने प्रयोगशाला र चिकित्सकहरूलाई नै रोगको बारेमा पर्याप्त जानकारी नहुँदा धेरै मानिस उपचार नपाउने समस्यामा छन् । साथै गलत चिकित्सककोमा गएर समय, पैसा र जीवन बर्बादी गर्ने समस्या पनि बढ्दै गएको छ । जनस्वास्थ्यको टाउकोदुखाइ बन्दै गएको वंशाणुगत रोगप्रति राज्यको चासो नहुँदा दीर्घकालीन रूपमा यसले सामाजिक, आर्थिक र मानसिक रूपमा ठूलो असर गर्ने चिकित्सकहरू बताउँछन् ।
अन्य देशहरूमा वंशाणुगत रोगको विषयमा निकै प्रगति भइसक्दा नेपालमा भने यो रोगको विषयमा भर्खरै बहस शुरू भएको छ । नेपालको लागि वंशाणुगत रोग नयाँ त होइन तर अन्य रोगहरूले ठूलो जनसंख्यामा असर पार्ने भएकाले स्वास्थ्य प्रणालीको प्राथमिकतामा यो रोग परेन । किनभने सर्ने तथा नसर्ने रोगको उपचार र पहिचानमा नै नेपालको स्वास्थ्य प्रणाली व्यस्त छ […]