काठमाडौंमा आयोजित एकीकृत स्वास्थ्यकर्मी संगठन नेपालको उपत्यका भेलामा स्वास्थ्य राज्यमन्त्री केसीले स्वास्थ्यकर्मीका समस्या सम्बोधन र स्वास्थ्य क्षेत्र सुधारमा कटिबद्ध भएर लाग्ने बताएका हुन्।
काठमाडौँः नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष श्रेष्ठले शपथ लिएका हुन्। शपथपछि उनले पदभार पनि ग्रहण गरेका छन्।
आइतबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेकी थिइन्।
राज्यमन्त्री नियुक्त गरे पनि मन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्री देउवाले…
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले शपथ लिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रेष्ठलाई आइतबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शपथ गराएका हुन् । श्रेष्ठ आइतबार नै स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका थिए । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैँसँग रहने गरी देउवाले श्रेष्ठलाई मन्त्रालयको कार्यभार सम्हाल्ने गरी राज्यमन्त्री बनाएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका छन्। स्वास्थ्य मन्त्रीको जिम्मेवारी आफैंसँग राख्दै प्रधानमन्त्री देउवाले श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेका हुन्।