फुल्चोकीमा हिउँ खेल्न जानेको धुइरो

काठमाडौं : उपत्यका नजिकका डाँडा चन्द्रगिरी र फुल्चोकीमा बुधबार बिहानदेखिनै हिउँ पर्न थालेपछि हिउँ खेल्न जानेको घुइँचो लागेको छ। ललितपुरको फुल्चोकीको डाँडामा बुधबार बिहानदेखि दिउँसो दुई बजेसम्म करिब पाँच हजार हाराहारीमा युवकयुवती हिउँ खेल्न गएको इलाका प्रहरी कार्यालय गोदावरीका प्रहरी निरीक्षक श्याम कटुवालले बताए। यसमध्...

सम्बन्धित सामग्री

हिउँ खेल्न गएका १६ वर्षीय दुई किशोर बेपत्ता

गोरखा, २५ माघ । गोरखा बारपाकका दुई जना किशोरहरु गत बिहीबारदेखि बेपत्ता भएका छन् । हिउँ खेल्न गएका बारपाक सुलिकोट गाउँपालिका–१ का १६ वर्षीया किशोरहरु साइला घले र वडा नम्वर २ का करन घले गत बिहीवारदेखि सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । हिउँ खेल्न भन्दै उनीहरु गत माघ २० गते लाप्राक गएका थिए । खाना […]

हिउँ खेल्न गएका दुई जना बालक पाँच दिनदेखि सम्पर्कविहीन

हिउँ खेल्न गएका बारपाकका दुईजना बालक पाँचदिनदेखि सम्पर्कविहीन भएका छन्।

हिउँ खेल्न गएका दुई किशोर बेपत्ता

काठमाडौं । हिउँ खेल्न गएका गोरखा बारपाकका दुई जना किशोर पाँच दिनदेखि बेपत्ता रहेका छन् । बेपत्ता हुनेमा बारपाक सुलिकोट गाउँपालिका–१ का साईंला घले र वडा नम्वर २ का करन घले रहेका छन् । उनीहरु हिउँ खेल्न भन्दै गत बिहीबार लाप्राक गएका थिए । प्रहरीका अनुसार उनीहरु दुवै १६ वर्षका हुन् । खाना खाएर घरबाट […]

चन्द्रागिरीमा हिउँ खेल्न जाँदा हराएका पाँच जनाको उद्धार

काठमाडौं : काठमाडौंको चन्द्रागिरि डाडाँमा हिउँ खेल्न गएका पाँच जनाको प्रहरीले उद्धार गरेको छ। आइतबार दिउँसो चन्द्रागिरि डाडाँमा हिउँ खेल्न गएका पाँच जना हराएका थिए।महानगरीय प्रहरी वृत्त थानकोटले हराइरहेका एकै परिवारका पाँच जनाको खोजीकार्य गरेकोमा आइतबार मध्यराति फेला पारेको जनाएको छ।काठमाडौं चन्द्रागिरी नगरपालिका–६ महादेवस्थान बस्ने एकै परिवारका पाँच जना आइतबार हिउँ खेल्न चन्द्रागिरी पुगेका थिए। हिउँ खेल्ने क्रममा उनीहरू हराएको प्रहरीले जनाएको छ।हिउँ खेल्न गएका छोराछोरी हराएपछि र

हिउँ खेल्न पुगेका चार्टर एकान्टेन्ट मृत फेला

काठमाडौं, २३ माघ । चन्द्रागिरी नजिकै देउराली डाँडामा हिउँ खेल्न पुगेका एक युवकको शव फेला परेको छ । हिउँले पुरिएको अवस्थामा ललितपुरको महालक्ष्मी नगरपालिका–६ टिकाथलीका प्रज्वल पोखरेल भेटिएको प्रहरीले जनाएको छ । काठमाडौं र मकवानपुरको सिमानामा पर्ने इन्द्रसरोबर गाउँपालिका–५ देउराली डाँडामा हिउँ खेल्न पुगेका पोखरेल मृत भेटिएका हुन् । उनी पेशाले चार्टर एकान्टेन्ट भएको प्रहरीको […]

चन्द्रागिरिमा हिउँ खेल्न गएका युवक मृत भेटिए

काठमाडौं, माघ २३ । काठमाडौंको चन्द्रागिरिमा हिउँ खेल्न गएको एक जना युवक मृत भेटिएका छन्। शुक्रबारदेखि हराई रहेका प्रज्वल पोखरेल नाम गरेका युवकको शव प्रहरीले शनिबार फेला पारेको हो। उनी हिउँ खेल्न चन्द्रागिरि पुगेको प्रहरीको अनुमान छ। मृतकको शरीरको माथिल्लो भाग नांगै रहेकाले घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक पेसाले चार्टर्ड एकाउन्टेन्ट रहेको खुल्न […]

घलेगाउँमा हिउँ खेल्न आन्तरिक पर्यटकको भिड

लमजुङ – लमजुङको घलेगाउँमा हिउँ खेल्न आन्तरिक पर्यटकको ओइरो लागेको छ। बिहीबार रातिदेखि हिउँ परेपछि यहाँ हिउँ खेल्न सदरमुकाम बेसीसहरलगायतको क्षेत्रबाट आन्तरिक पर्यटकको ओइरो लागेको हो। वर्षाका कारण लमजुङका सबैजसो अग्ला स्थानमा हिउँ सजिलै देख्न सकिन्छ। हिमपातका कारण सार्क नमुना पर्यटकीय घलेगाउँ र पर्यटकीय गाउँ कल्मेडाँडामा चहलपहल बढेको छ। कोरोना संक्रमण जोखिमका कारण सुनसान बनेका […]

चन्द्रागिरीमा हिउँ खेल्न गएका युवक एक सातापछि मृत भेटिए

काठमाडौंको चन्दागिरीमा हिउँ खेल्न गएका युवक एक सातापछि मृत भेटिएका छन् । चन्द्रागिरी नगरपालिका–१ दहचोक बस्ने २५ वर्षीय दिपक ऋषिदेव पुस १५ मा हिउँ खेल्न जाँदा हराएका थिए । ऋषिदेव मोरङको रंगेली नगरपालिका–९ का स्थानीय हुन् । चन्द्रागिरी नगरपालिका–४ मा पर्ने सामुदायिक वनस्थित चित्लाङ भिरमा उनी मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी वृत थानकोटका डिएसपी डिल्लीराम पाण्डेले रातोपाटीलाई बताए ।हिउँ खेलेर सबै परिवार सँगै फर्केको तर विस्तारै आउँछु भनेका ऋषिदेव हराएका थिए । हिउँ खेल्दा उ

इलाम र तेह्रथुममा हिउँ खेल्न जाने पर्यटकको घुइँचो

प्रकाश नेपाल /प्रकाश पाक्साँवा (लम्बु) इलाम र तेह्रथुम । इलाम र तेह्रथुममा यति बेला हिउँ खेल्न जाने पर्यटकको घुइँचो लागेको छ । बाक्लो हिमपातका कारण जनजीवन प्रभावित भएपनि हिउँ खेल्न जाने आन्तरिक पर्यटकको लर्को नै लाग्न थालेको हो । वर्षापछि खुलेको मौसममा इलामको पाटेनागीमा यतिबेला बाक्लो हिउँ जम्मा भइसकेको छ । ३ हजार ५४ मिटर […]

चन्द्रागिरिमा हिउँ खेल्न जानेको घुइँचो (भिडियो/तस्वीर)

काठमाडौँ–  काठमाडौंको चन्द्रागिरिमा बुधबार बिहानैदेखि हिउँ पर्न थालेपछि पर्यटकको घुइँचो लागेको छ । हिउँ खेल्न आन्तरिक पर्यटकहरू चन्द्रागिरिमा पुगेका हुन् । काठमाडौँ उपत्यकाबाट नजिकै पर्ने भएकाले पनि यहाँ हिउँ खेल्न पुग्ने पर्यटकको बाक्लो घुइँचो लागेको हो । मंगलबार रातिदेखि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । वर्षासँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा हिउँ परेको […]