मन्त्रीको नाम चयन लगायतका विषयमा मतदण्ड बनाउन जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक बस्दै छ ।सत्तारुढ गठबन्धनमा मन्त्रालयको टुगों लागेपछि मन्त्रीमा ककसलाई पठाउने विषयमा छलफल गर्न बुधबार जसपा नेपाल कार्यकारिणी समितिको बैठक बोलाइएको पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले बताए ।उनका अनुसार मन्त्रीमण्डलमा कसलाई कसरी पठाउने त्यसको मापदण्ड बनाउन कार्यकारिणी समितिको बैठक बस्न लागेको हो । उनले भने, ‘कार्यकारिणी समितिको बैठकबाट नाम नै टुंगो त लाग्दैन तर कस्तो व्यक्त