रुसले युद्धग्रस्त युक्रेनका विभिन्न शहरमा सर्वसाधारणलाई सुरक्षित स्थानमा जानका लागि मार्ग प्रशस्त गर्ने भएको छ। रुसले अस्थायी युद्धविराम गर्दै स्थानीय बासिन्दालाई बाहिरिन दिने जनाएको हो। नेपाली समय अनुसार सोमबार दिउँसो १२ बजेर ४५ मिनेट जाँदादेखि अस्थायी युद्धविराम सुरु हुने रुसको रक्षा मन्त्रालयले जनाएको छ। राजधानी किएभसहित खार्किभ, मारिपोल र सुमीबाट सर्वसाधारण बाहिर निस्कने मार्ग निर्धारित […]