प्रोग्रेशिभ फाइनान्स लिमिटेडले आफ्नो २९औँ वार्षिक साधारण सभा बुधबार सम्पन्न गरेको छ। सभाले विभिन्न महत्वपूर्ण आर्थिक तथा नीतिगत निर्णयहरू पारित गर्दै संस्थाको भावी कार्यदिशा स्पष्ट गरेको छ। संस्थाका अध्यक्ष लक्ष्मी प्रसाद महर्जनको अध्यक्षतामा सम्पन्न साधारण सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत गरिएको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि विस्तृत छलफल भएको थियो। प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष […]