जुम्लाका सबै स्थानीयतहमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपरजोन कार्यक्रम शुरु भएको छ। यसअघि जिल्लाको चन्दननाथ नगरपालिका, तातोपानी, गुठिचौर र पातारासी गाउँपालिकामा मात्र सञ्चालन भएको थियो।...
जुम्लाका सबै स्थानीय तहमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपरजोन कार्यक्रम लागु भएको छ ।यसअघि जिल्लाको चन्दननाथ नगरपालिका, तातोपानी, गुठिचौर र पातारासी गाउँपालिकामा मात्र सञ्चालन भएको थियो । सुपरजोन कार्यक्रम सुरु भएको पाँच वर्षपछि सिँजा क्षेत्रमा लागु भएको हो ।सुपरजोन कार्यक्रम निमित्त प्रमुख गंगा पोखरेलले सिँजा क्षेत्रको हिमा, सिँजा, कनकासुन्दरी र तिला गाउँपालिकामा सुपरजोन कार्यक्रम […]
काठमाडौं । जुम्लाका सबै स्थानीय तहमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपरजोन कार्यक्रम लागू भएको छ । जिल्लाको सबै स्थानमा स्याउ सुपरजोन लागू भएपछि किसानहरु उत्साहित भएका छन् । स्थानीयस्तरबाट माग आएपछि कृषि कार्यालय जुम्लाले अनुगमनका लागि प्राविधिकको टोली खटाएको थियो । प्राविधिक टोलीको प्रतिवेदनका आधारमा बाँकी रहेको जिल्लाका तिला, हिमा, सिँजा सहितका केही ठाउँमा […]
माघ ६, जुम्ला । जुम्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरणको परियोजना लागू भएको पाँच वर्र्षपछि यहाँका ८ ओटै स्थानीय तहमा स्याउ सुपरजोन कार्यक्रम सञ्चालन हुने भएको छ ।
परियोजना एकाइ जुम्लाका निमित्त कार्यालय प्रमुख गंगा पोख्रेलका अनुसार पहिले चार स्थानीय तहमा कार्यक्रम सञ्चालन भएको थियो ।
यहाँको चन्दननाथ नगरपालिका सहित तातोपानी, गुठीचौर र पातारासी गाउँपालिकामा सञ्चालन भइरहेको थियो । अब सिजा हिमा, कनकासुन्दरी र तिला गाउँपालिकामा कार्यक्रम लागू हुने भएको छ । विस्तार गर्न बाँकी वडा पातारासीका १, २, ३ र गुठीचौरका १ र २ वडामा लागू हुनका लागि पत्र प्राप्त भएको छ ।
परियोजना कार्यान्वयन एकाइ खुमलाटारका निर्देशक वैकुण्ठ अधिकारीको हस्ताक्षरित पत्र कार्यालयमा पुगेको निमित्त कार्यालय प्रमुख पोख्रेलले बताए ।
पत्रानुसार जुम्ला जिल्लामा सञ्चालित स्याउ सुपरजोन क्षेत्र विस्तारको लागि परियोजना कार्यदलको पत्र तथा जिल्ला परियोजना कार्यान्वयन तथा तथा अनुगमन समितिको सिफारिसअनुसार परियोजना व्यवस्थापन एकाइको निर्णयअनुसार स्याउ सुपरजोन थप क्षेत्र थप गरिएका हुन् ।
परियोजना निर्देशक अधिकारीले स्थानीय स्तरबाट आएको माग र प्राविधिक प्रतिवेदनको आधारमा जुम्लाका तिला, हिमा, सिंजा, कनकासुन्दरीसहितका छुटेका क्षेत्रमा कार्यक्रम थप गर्ने काम भएको जानकारी दिए ।
ढिला निर्णय भएकाले कार्यक्रम भने केही क्रियाकलापबाहेक अर्को आर्थिक वर्र्षबाट पूर्णरुपमा कार्यक्रम लागू हुने उनले बताए । परियोजनाको सोच कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यावसायिक, दिगो एवम् आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने रहेको छ ।
सोहीअनुसार जुम्लामा स्याउ सुपरजोन परियोजना कार्यान्वयन एकाइ स्थापना गरि काम भइरहेको कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका अनुसार तिला गाउँपालिकामा भने सिमी जोन कार्यक्रम लागूसमेत गरिएको छ । सिमीको उत्पादन वृद्धि तथा बजारीकरणका लागि कार्यक्रम सो गाउँपालिकाको वडा नम्बर १ र २ मा कार्यक्रम लागू गरिएको हो ।
सुपरजोन स्थापना भएपछि कृषि प्रविधि, हाइटेक नर्सरी, घेरवार, सिँचाइ, बिरुवा अनुदानलगायतका काम भइरहेको कार्यालयले जानकारी दिएको छ । रासस
जुम्लाका सबै स्थानीय तहमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू हुने भएको छ । हालसम्म चारवटा स्थानीय तह चन्दननाथ नगरपालिका, तातोपानी गाउँपालिका, गुठीचौर र पातारासीमा कार्यान्वयनमा आएको यो कार्यक्रम अब बाँकी स्थानीय तह सिञ्जाका हिमा, सिञ्जा, कनकासुन्दरी र तिलामा विस्तार हुने भएको हो ।
जुम्लाका सबै स्थानीय तहमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू हुने भएको छ ।
हालसम्म चारवटा स्थानीय तह चन्दननाथ नगरपालिका, तातोपानी गाउँपालिका, गुठीचौर र पातारासीमा कार्यान्वयनमा आएको यो कार्यक्रम अब बाँकी स्थानीय तह सिञ्जाका हिमा, सिञ्जा, कनकासुन्दरी र तिलामा विस्तार हुने भएको हो ।
स्याउ सुपरजोन कार्यालयका निमित्त वरिष्ठ कृषि वि...
जुम्ला । जुम्लाको तिला गाउँपालिकामा सिमी जोन र पातारासीमा स्याउ सुपरजोन कार्यक्रम सञ्चालन गरिने भएको छ । जिल्लाको वातावरणीय अनुकूलतामा उत्पादन हुने बाली र फलफूलको सम्भावनालाई ध्यानमा राख्दै उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपरजोन कार्यान्वयन इकाइ अन्तर्गतको जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको बैठकले सिमी र स्याउ सुपरजोन कार्यक्रमको कार्यक्षेत्र विस्तार गर्ने निर्णय गरेको हो । स्याउ सुपरजोन परियोजना कार्यक्रमअन्तर्गत जिल्लाको तिला गाउँपालिकामा सिमी जोन विस्तार गर्ने निर्णय भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ जुम्लाका कार्यालय प्रमुख गंगा पोखरेलले बताइन् ।
कृषि प्राविधिकहरूको प्रतिवेदन अनुसार कार्यक्रम छनोट गर्ने निर्णय भएको उनको भनाइ छ । यसैगरी पातारासी गाउँपालिका १, २ र ३ र गुठिचौर गाउँपालिका १ र २ मा पनि स्याउ सुपरजोन कार्यक्रम सञ्चालन गरिने जानकारी उनले दिइन् । स्याउ सुपरजोन परियोजना अन्तर्गत यसअघि जुम्लाको चन्दननाथ, तातोपानी, गुठिचौर र पातारासी क्षेत्रका केही वडामा काम भइरहेको थियो ।
कार्यालय प्रमुख पोखरेलका अनुसार सुपरजोनले यसअघि नै सिँजा क्षेत्रमा काम गर्न सिफारिश गरिसकेको थियो । थोरै जनशक्तिले सुपरजोनमा काम गर्नु परिरहेको भन्दै उनले स्थानीय तह र सम्बन्धित सरोकारवाला कार्यालयमार्फत काम गर्न आवश्यक रहेको बताए ।
लामो समयदेखि जुम्ला क्षेत्र (क) मा काम गरिरहेको सुपरजोनले पछिल्लो समय बृहत् चक्लाबन्दी, बगैंचा घेरवार, सिँचाइ, स्याउ कार्टुन उपलब्ध गराउने काम गर्दै आएको छ । जुम्ला क्षेत्र (ख) मा कार्यक्रम सञ्चालन हुन सकेको थिएन । किसानले सुपरजोनका कार्यक्रम सञ्चालन हुनुपर्ने माग राख्दै आएका थिए । क्षेत्र (ख) अन्तर्गत हिमा, सिञ्जा, कनकासुन्दरी र तिला गाउँपालिका पर्दछन् । रासस
जुम्ला । जुम्लाको तिला गाउँपालिकामा सिमी जोन र पातारासीमा स्याउ सुपरजोन कार्यक्रम सञ्चालन गरिने भएको छ । जिल्लाको वातावरणीय अनुकूलतामा उत्पादन हुने बाली र फलफूलको सम्भावनालाई ध्यानमा राख्दै उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपरजोन कार्यान्वयन इकाइ अन्तर्गतको जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको बैठकले सिमी र स्याउ सुपरजोन कार्यक्रमको कार्यक्षेत्र विस्तार गर्ने निर्णय गरेको हो । स्याउ सुपरजोन परियोजना कार्यक्रमअन्तर्गत जिल्लाको तिला गाउँपालिकामा सिमी जोन विस्तार गर्ने निर्णय भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ जुम्लाका कार्यालय प्रमुख गंगा पोखरेलले बताइन् । कृषि प्राविधिकहरूको प्रतिवेदन अनुसार कार्यक्रम छनोट गर्ने निर्णय भएको उनको भनाइ छ । यसैगरी पातारासी गाउँपालिका १, २ र ३ र गुठिचौर गाउँपालिका १ र २ मा पनि स्याउ सुपरजोन कार्यक्रम सञ्चालन गरिने जानकारी उनले दिइन् । स्याउ सुपरजोन परियोजना अन्तर्गत यसअघि जुम्लाको चन्दननाथ, तातोपानी, गुठिचौर र पातारासी क्षेत्रका केही वडामा काम भइरहेको थियो ।
कार्यालय प्रमुख पोखरेलका अनुसार सुपरजोनले यसअघि नै सिँजा क्षेत्रमा काम गर्न सिफारिश गरिसकेको थियो । थोरै जनशक्तिले सुपरजोनमा काम गर्नु परिरहेको भन्दै उनले स्थानीय तह र सम्बन्धित सरोकारवाला कार्यालयमार्फत काम गर्न आवश्यक रहेको बताए ।
लामो समयदेखि जुम्ला क्षेत्र (क) मा काम गरिरहेको सुपरजोनले पछिल्लो समय बृहत् चक्लाबन्दी, बगैंचा घेरवार, सिँचाइ, स्याउ कार्टुन उपलब्ध गराउने काम गर्दै आएको छ । रासस
साउन २८, जुम्ला । जुम्लाको तिला गाउँपालिकामा सिमी जोन र पातारासीमा स्याउ सुपरजोन कार्यक्रम लागू गरिने भएको छ ।
यहाँको अनुकूलतामा उत्पादन हुने बाली र फलफूलको सम्भावनालाई मध्यनजर गर्दै सो कार्यक्रम लागू गरिने भएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपरजोन कार्यन्वयन इकाइ अन्तर्गतको जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको बैठकले सिमी र स्याउ सुपरजोन कार्यक्रमको कार्यक्षेत्र विस्तार गर्ने निर्णय गरेको हो ।
स्याउ सुपरजोन परियोजना कार्यक्रमअन्र्तगत सिमी जोनकोरुपमा जिल्लाको तिला गाउँपालिकालाई बिस्तार गर्ने निर्णय भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाइ जुम्लाका कार्यालय प्रमुख गंगा पोखरेलले बताइन् ।
कृषि प्राविधिकहरुको प्रतिवेदन अनुसार कार्यक्रम छनौट गर्ने निर्णय भएको उनको भनाइ छ । यसैगरी पातारासी गाउँपालिकाको वडा नं १, २ र ३ तथा गुठिचौर गाउँपालिका– १ र २ मा पनि स्याउ सुपरजोन कार्यक्रम लागू गर्ने भएको छ ।
स्याउ सुपरजोन परियोजनाअन्तर्गत यस अघि जुम्लाको चन्दननाथ, तातोपानी, गुठिचौर र पातारासी क्षेत्रका केही वडामा काम भईरहेको थियो ।
कार्यालय प्रमुख पोखरेलका अनुसार सुपरजोनले यसअघि नै सिँजा क्षेत्रमा काम गर्न सिफारिस गरिसकेको थियो । थोरै जनशक्तिले सुपरजोनमा काम गर्नु परिरहेको भन्दै उनले स्थानीय तह र सम्बन्धित सरोकारवाला कार्यालयमार्फत काम गर्न आवश्यक रहेको बताए ।
लामो समयदेखि जुम्ला क्षेत्र (क) मा काम गरिरहेको सुपरजोनले पछिल्लो समय वृहत चक्लाबन्दी, बगँैचा घेरवार, सिँचाइ, स्याउ कार्टुन उपलब्ध गराउने काम गर्दै आएको छ ।
जुम्ला क्षेत्र (ख) मा कार्यक्रम सञ्चालन हुन सकेको थिएन । किसानले सुपरजोनका कार्यक्रम सञ्चालन हुनुपर्ने माग राख्दै आइराखेका थिए । क्षेत्र (ख) अन्तर्गत हिमा, सिञ्जा, कनकासुन्दरी र तिला गाउँपालिका पर्दछन् । रासस