राजेश हमालले लगाए दशैं टीका (तस्वीर)

काठमाडौँ । अभिनेता राजेश हमालले बुधबार मात्र दशैं टीका लगाएका छन् । विजया दशमीको भोलिपल्ट मात्र टीका ग्रहण गर्दै आएका हमालले पत्नी मधुसहित निकट फिल्मकर्मीलाई निवासमा टीका लगाइदिए । सामाजिक संजालमार्फत दशैंको शुभकामना दिँदै उनले टीका समारोहका तस्वीर सार्वजनिक गरेका छन् । जहाँ, हमाल र उनकी पत्नी खुशिको मुद्रामा देखिएका छन् । विजया दशमीकै दिनमा […]

सम्बन्धित सामग्री

सौराहामा विदेशी पर्यटकले मनाए दशैं, टीका र जमरा थाप्न पाउँदा दङ्ग

मुग्लिन । चितवनको पर्यटकीय नगरी सौराहा घुम्न आएका विदेशी पर्यटकले दशैं मनाएका छन् । हिन्दुहरूको विशेष चाड बडादशैंमा नेपाली संस्कृतिको बारेमा बुझ्दै विदेशी पर्यटकले सौराहाको होटल सपना भिलेजमा टीका र जमरा थाप्दै दशैं मनाएका हुन् । सपना भिलेजका प्रबन्ध निर्देशक धुव्र गिरी, बुबा ८६ वर्षीया मनु गिरी र उहाँकी श्रीमती वर्षा पुरी गिरीले विदेशी पर्यटकलाई टीका र जमरा लगाईदिएका थिए । उनिहरूसँगै क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष गंगा गिरी, रेवान सौराहाका अध्यक्ष नरेश गिरी, पूर्व अध्यक्ष गोकर्ण गिरीसहितले पालैपालो टीका र जमरा लगाउँदा पर्यटक दङ्ग देखिन्थे ।  नेदरल्यान्डदेखि सौराहा घुम्न आएका २६ वर्षीय पर्यटक डेविट राईट यस पटक टीका र जमरासँगै नेपालीको दशैं मनाउन पाउँदा निकै खुसी देखिए । “मैले नेपाल घुम्न आउँदा नेपाली परम्परामा रमाएको कुरा सुनेको मात्र थिएँ, तर आज सौराहा आएर टीका र जमरा लगाएर दशैं मनाएको छु, धन्यवाद नेपाली”, उनले भने ।”  अर्का पर्यटक २१ वर्षीया माइका पनि निकै हर्षित देखिए । उनले आगामी वर्ष पनि नेपालमा आएर दशैं मनाउने बताए । “विभिन्न देशका संस्कृति र परम्परालाई प्रत्यक्ष रूपमा अनुभव गर्न पाइने भएकाले चाडपर्वका बेला घुम्न आउँछु”, विदेशी पर्यटक माइकाले भने । चितवनको सौराहामा यतिबेला पर्यटकीय मौसम सुरू भइसकेको छ भने यहाँ आउने विदेशी पर्यटकलाई हरेक होटलले दशैं मनाउने परम्परा बनाएका छन् । हरेक नेपाली चाडवाड बारेमा विदेशीलाई समेत पहिचान गराउन आफूहरुको मुख्य उद्देश्य समेत रहेको सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले बताए । “हामीले विगतमा पनि यसरी पर्यटकलाई दशैंमा सँगै राखेर मनाएका थियौँ”, उनले भने, “हाम्रो मौलिक संस्कृतिको संरक्षणमा एउटा कासेढुङ्गा सावित हुनेछ ।” नाकाबन्दी, नारायणगढ–मुग्लिन सडक र कोरोनाका कारण प्रायः विदेशी पर्यटकको सुनसान हुने सौराहामा यतिबेला विदेशी पर्यटकको घुइँचो लागेको छ । दशैंसँगै पछिल्लो तीन दिनयताको आँकडाअनुसार तेस्रो मुलुकका पर्यटकको सङ्ख्या ४० प्रतिशत, भारतीय २० प्रतिशत र १० प्रतिशत चिनियाँ पर्यटक रहेको क्षेत्रीय होटल सङ्घका अध्यक्ष गङ्गा गिरीले जानकारी दिए । पर्यटकलाई यहाँका वन्यजन्तु, बाघ, गैँडा, हिमाल र पहाडले मात्र तान्दैन, दशैं, तिहारलगायत चाडबाडले पनि आकर्षित गर्ने गरेका छन् । विदेशीलाई दशैंको माहोल विशेष लाग्ने गर्छ । जमरा, टीका र चङ्गा चेटमा उनीहरू रमाउने गरेका छन् ।रासस

गुरुकुल नाटकघरमा दशैं टीका : पाका कलाकारले दिए आशिर्वाद

काठमाडौं । आइतबार दशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमा । यस दिन पनि मान्यजनको हातबाट टीका लगाउने क्रम जारी छ । कोजाग्रत पूर्णिमाकै दिनमा गुरुकुल नाटकघरले कलाकारबीच दशैं टीका कार्यक्रम आयोजना गर्छ । आइतबार थिएटरमा कलाकारहरुले एकअर्कामा टीका आदानप्रदान गरे । पाका अभिनेताहरु हरिहर शर्मा, टीका पहारी, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, वीरेन्द्र हमाल, सुनिल पोखरेलले अन्य […]

मधुले राजेश हमालको खुट्टा ढोगेपछि पक्ष र विपक्षमा बाँडिए फ्यान

काठमाडौं । आमाको वार्षिक पुण्यतिथि पर्ने भएकाले अभिनेता राजेश हमाल विजयादशमीको भोलिपल्ट मात्र दशैं टीका लगाउँछन् । यसपटक पनि उनले विहिबार टीका लगाए । दिदी र भिनाजुको हातबाट हमाल दम्पतीले टीका ग्रहण गरे । त्यसपछि हमालले मधु र निकट सहकर्मीलाई पनि बोलाएर टीका लगाइदिए । टीका थापेपछि मधुले हमालको खुट्टामा ढोगेकी छन् । मधुले खुट्टा […]

तस्वीरमा हेर्नूस सेलिव्रिटीको दशैं

काठमाडौँ । बुधबार सेलिव्रिटीले पनि मान्यजनबाट टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् । दशैं टीका ग्रहण गर्दाका तस्वीरहरु उनीहरुले सामाजिक सञ्जालमार्फत सेयर गरिरहेका छन् । हेर्नूस तस्वीर :

कांग्रेस नेता रामचन्द्र पौडेलद्वारा टीका ग्रहण

सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दशैं टीका ग्रहण गर्नुभएको छ ।

एमाले अध्यक्ष ओलीद्वारा दशैं टीका ग्रहण

प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओलीले दशैं टीमा ग्रहण गर्नुभएको छ । गृहजिल्ला झापामा बुवा मोहनप्रसाद ओलीको हातबाट टीका तथा आशिर्वाद ग्रहण गर्नुभएको हो ।

ज्ञानेन्द्रले छाडेको र प्रचण्डले लगाएको दशैं टीका :: Pahilopost.com

भान्जा भान्जीसहित दशैंको अवसरमा पूरै परिवार जमघटसहित टिकाटालो! दशैं धार्मिक भन्दा पनि पारिवारिक जमघट, संस्कृति र दु:ख सुखका कुरा साटासाट गर्ने पर्व। हामी सबै धर्मको उत्ति नै सम्मान गर्छौ जति दशैंको । निखारतिर लागेको भए पनि दशैंको शुभकामना। यही शब्द सन्देश सहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव तथा

प्रचण्डको दशैं: टीका लगाई जमरासहित आर्शीवाद

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ २२ वर्षपछि दशैंको टीका लगाएका छन । भने परिवारका अन्य सदस्यलाई टीका लगाई जमरासहित आर्शीवाद...