नेकपा माओवादी केन्द्रले कञ्चनपुरका ७ स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ ।
९ स्थानीय तह रहेको कञ्चनपुरमा केन्द्रले शुक्लाफाँटा र दोधाराचाँदनी नगरपालिकाबाहेक बेदकोट, कृष्णपुर, भीमदत्त, पुनर्वास, बेलौरी नगरपालिकासँगै लालझाडी र बेलडाँडी गाउँपालिकामा नयाँ नेतृत्व चयन गरेको हो ।
नगर र गाउँ सम्मेलनको आयोजना गरी सर्वसम्मतिका आधारमा नयाँ नेतृत्व चयन गरिएको पार्टीका जिल्ला समिति सदस्य एवं युथ कम्युनिस्ट लीग (वाईसीएल) का सुदूरपश्चिम सहसंयोजक अर्जुन साउँदले बताए । उनका अनुसार बेदकोट नगरपालिकामा लाल परियारको अध्यक्षत...