हामी कसैले पनि वाल्मीकिलाई देखेका छैनौं । मेरो विचारमा वाल्मीकि काल्पनिक पात्र हुन् । म त्यो कुरामा मात्र विश्वास गर्छु जसलाई आफ्नै आँखाले देखेको छु । जुन मानिसमाथि १ सय जनाभन्दा बढीको हत्या आरोप छ, जसले सयौं पटक डकैती गरेको छ, जसको गिरफ्तारीमा सरकारले २ करोड भारु पुरस्कार तोकेको छ, त्यस्तो व्यक्तिलाई भारतजस्तो मुलुकका प्रधानमन्त्रीले नै माफी दिनु ईश्वरको कृपा हो ।