अफगानिस्तानको राजधानी काबुलमा तालिबानको कब्जापछि शहर छोडेर भाग्न खोजेका मानिस हामिद कारजाई विमानस्थलमा भेला भइरहेका छन् ।
विमानस्थलमा ठेलमठेल हुँदा चारजना महिला किचिएर मरेको बताइएको छ ।
विमानस्थलको प्रवेशद्वारबाहिर सुरक्षा जोखिम रहेको भन्दै अमेरिकी दूतावासले आफ्ना नागरिकलाई विमानस्थलबाट टाढै रहन चेतावनी दिएको छ ।
हजारौं स्थानीय तथा विदेशीहरू चर्को घाममा विमानस्थलबाहिर जम्मा भएर देश छोड्न पाइने आशामा प्रतीक्षा गरिरहेका छन् ।
भीडको अग्रपंक्तिमा रहेका महिलाहरू किचिएर मरेको विभिन्न सञ्...