गुल्मीको कालीगण्डकी गाउँपालिका– १ हर्मीचौर वडा कार्यालय र त्यस वरिपरिका घरमा चोरी भएको छ । आइतबार राती अज्ञात व्यक्तिहरुको एक समूहले वडा कार्यालय र घर तोडफोड गरि नगद तथा जिन्सी चोरी गरेका हुन् ।वडा कार्यालयसहित स्थानीयवासीका घरहरु तोडफोड गरि चोरी भएको वडाअध्यक्ष ठानीस्वर पाण्डेले पुष्टि गरे । उनका अनुसार वडा कार्यालय तोडफोड भएपनि कम्प्युटर र ल्यापटप सुरक्षित रहेका छन् । वडा कार्यालयमा रहेका अन्य सामाग्री चोरी भएको पाण्डेले बताए । वडा कार्यालयबाट के–के सामाग्री