सेनाले खुलायो विभिन्न पदहरुमा जागिर

काठमाडौँ- नेपाली सेनाले विभिन्न पदमा जागिर खुलाएको छ। नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले प्राविधिक/हवाई/विविध सेवा तर्फ पदिक तथा विल्लादार पदहरुमा शुक्रबार विज्ञापन खुलाएको हो। नेपाली सेनाले सार्वजनिक गरेको विज्ञापनमा डाक्टर, नर्स, कम्प्युटर, लेखा, पण्डित, प्लम्बर, भेटेरीनरीदेखि भिडियो सम्पादनसम्मका पदहरुमा भर्ना खुलाएको हो। यसअतिरिक्त ब्यान्ड, हवाई सम्भार, एभिएसन स्टोर, ग्राउण्ड ह्याण्डलिङ, डिस्प्याचर लगायतका पदमा भर्नाका लागि […]

सम्बन्धित सामग्री

सेनाले खुलायो जागिर

काठमाडौँ- नेपाली सेनाले अधिकृत पद (सहायक सेनानी/उपसेनानी)मा भर्ना खुलाएको छ । शुक्रबार एक सूचना जारी गर्दै जंगीअड्डाले भर्ना खुलाएको हो । सेनाले खुलातर्फ १४७, महिला २४, आदिवासी जनजाती कोटा ३८, मधेशी कोटा ३३, दलित कोटा १८ र पिछडिएको क्षेत्रका लागि ६ जनाका लागि भर्ना खुलेको छ । सैनिक तालिम वा कर्तव्य पालनाको सिलस...

नेपाली सेनामा ३२ सय जनाका लागि जागिर खुल्यो (विज्ञापनसहित)

काठमाडौं : नेपाली सेनाले सैन्य पददेखि विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि दरखास्त आह्वान गरेको छ।सेनाले सैन्य पदमा २ हजार ९ सय र सुचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, माली लगायतका पदमा ३ सय ९३ जना कर्माचारी मागेको हो। देशका विभिन्न ब्यारेकहरूमा पदपूर्ती गर्नका लागी सेनाले ठूलो संख्यामा दर्खास्त आह्वान गरेको हो। इच्छुक र योग्यता पुगेका व्यक्तिहरूलाई पुस ७ गतेसम्म निर्धारण गरिएको छ।

नेपाली सेनाले माग्यो २२९ जना अधिकृत क्याडेट (विज्ञापनसहित)

काठमाडौं : नेपाली सेनामा जागिर खुलेको छ।  सैनिक साधारण सेवा समूह अर्न्तगत २२९ जना अधिकृत क्याडेट पदका लागि नेपाली सेनाले दरखास्त आह्वान गरेको हो। भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले अधिकृत क्याडेट पदका लागि २२९ अधिकृत क्याडेट खुला तथा समावेशी प्रतियोगितामार्फत पदपूर्ति गरिने जनाइएको छ। जसअनुसार सैनिकका सन्तती १२, खुल्लातर्फ १२२, महिला १७, आदिबासी–जनजाति ३३, मधेसी २७, दलित १५ र पिछडिएको क्षेत्रबाट ३ सहित कुल २२९ जना अधिकृत क्याडेट माग गरेको हो।आजदेखि मंसिर २३ गतेसम

म्यानमारमा सेनाले छाड्न थाले जागिर

अहिले म्यानमारको सेनाले धेरै नै मानसिक तनाव भोगेको छ। सेनाविरुद्धमा देशमै सशस्त्र सङ्घर्ष चलेको छ। त्यत्ति मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रमासमेत सैन्य सत्ताको व्यापक विरोध भएको छ। नव अधिकार हननको आरोप लागेको छ। यसै कारण उनीहरू अहिले मानसिक दबाबमा परेका छन्। धेरै सेना अहिले युद्ध नलड्ने पक्षमा छन्। नयाँ व्यक्ति सेनामा आबद्ध हुन नै चाहँदैनन्। सरकारले […]

अदालतले उपरथी शाहीको जागिर लम्ब्यायो, सेनाले थुन्यो

१९ पुस, काठमाडौं । नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक प्रहरी गणले नियन्त्रणमा लिएको छ । शाहीले आफ्नो पदावधि एक वर्ष बाँकी रहेको दाबी गर्दै नेपाली सेनाको जंगीअड्डा र रक्षा मन्त्रालयविरुद्ध ७ पुसमा सर्वोच्च अदालतमा रिट दायर गरेका गरेका थिए । उनको पक्षमा अदालतले आदेश दिएसँगै उनी हाजिर हुन जंगीअड्डा जाने तयारीमा थिए । तर, […]

नेपाली सेनाले ४ हजार जनाको लागि जागिर खुलायो, ८ कक्षा पास भएका योग्य

नेपाली सेनाले देशका विभिन्न २८ वटा ब्यारेक तथा गुल्मबाट भर्ना गर्ने गरी सैन्य जनशक्ति माग गरेको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले खुलातर्फ दुई हजार ८८ र बाँकी समावेशीतर्फ गरेर चार हजार पदमा सेनाले आवेदन माग गरेको हो ।खुला तर्फ दुई हजार ८८, महिला ३५०, आदिवासी जनजाति ५५०,मधेशी ४८०, दलित २५२ र पिछडा वर्ग ८०, शहीद सैनिक सन्तति २०० गरी चार हजार पदमा सेनाले आवेदन माग गरिएको छ । आज भदौ २४ गतेदेखि असोज २६ गतेसम्म आवेदन दिन सकिने छ । दोब्बर दस्तुर तिरेर असोज २४ देखि असोज ३० सम्म आवेदन दिन सकिने छ। आवेदन शुल्क १५० रुपैयाँ रहेको छ । १८ वर्ष पुरा भई २२ वर्ष ननाघेकाले आवेदन दिन सक्ने छन् । पुरुषको हकमा उचाई ५ फिट ३ इन्च हुनु पर्ने छ भने महिलाको हकमा उचाई ५ फिट हुनु पर्ने छ । पुरुषको हकमा छाती फुलाउँदा ३४ इन्च र नफुलाउँदा ३२ इन्च हुनु पर्ने छ । पुरुषको हकमा तौल ५० केजी र महिलाको हकमा न्युनतम तौल ४० केजी हुनु पर्ने छ । बहालवाला सैनिक भएमा बाहेक अविवाहितहरुले मात्र आवेदन दिन सक्ने छन् । आवेदन दिनको लागि कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्ने छ । कक्षा ९ र १० उत्तीर्ण हुनेहरुले पनि कक्षा ८ उत्तीर्णको शैक्षिक योग्यताको प्रमाण-पत्र अनिवार्य रुपमा बुझाउनु पर्ने छ र कक्षा ८ उत्तीर्णको प्रमाण-पत्रमा न्यूनतम 2 GPA अनिवार्य हुनुपर्ने र कुनै पनि विषयमा D+ भन्दा कम हुन नहुने ब्यबस्था सेनाले गरेको छ । एस.एल.सी./एस.ई.ई. वा सो भन्दा माथिको शैक्षिक योग्यताको प्रमाण-पत्र पेश गर्नेहरुले पेश गरेको प्रमाण-पत्रहरु मध्ये माथिल्लो शैक्षिक योग्यताको प्रमाण-पत्रमा न्यूनतम 2 GPA अनिवार्य हुनुपर्ने र कुनै पनि विषयमा D+ भन्दा कम हुन नहुने । साथै, यस बमोजिम प्रमाण-पत्र पेश गर्ने उम्मेदवारहरुले एस.एल.सी./एस.ई.ई. सहित हासिल गरेको सबै शैक्षिक योग्यताको प्रमाण-पत्रको प्रतिलिपि बुझाउनु पर्ने सेनाले उल्लेख गरेको छ ।

सेनामा खुल्यो जागिर, ४ हजार जनालाई अवसर (विज्ञापनसहित)

काठमाडौं, भदौ २४ । नेपाली सेनाले ठूलो संख्यामा सैन्य पदमा दरखास्त माग गरेको छ। देशभरका २८ वटा व्यारेक र गुल्मबाट दरखास्त दिन सकिने गरी नेपाली सेनाले कुल चार हजार सैन्य पदका लागि दरखास्त आव्हान गरेको हो। दरखास्त असोज २३ गतेसम्म दिन सकिने नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग,जंगी अड्डाले जनाएको छ। हेर्नुहोस् विज्ञापन

सेनामा खुल्यो जागिर, ४ हजार जनालाई अवसर (विज्ञापनसहित)

काठमाडौं : नेपाली सेनाले ठूलो संख्यामा सैन्य पदमा दरखास्त माग गरेको छ। देशभरका २८ वटा व्यारेक र गुल्मबाट दरखास्त दिन सकिने गरी नेपाली सेनाले कुल चार हजार सैन्य पदका लागि दरखास्त आव्हान गरेको हो। दरखास्त असोज २३ गतेसम्म दिन सकिने नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग,जंगी अड्डाले जनाएको छ। हेर्नुहोस् विज्ञापन

सेनाले खुलायो पाइलट र डाक्टरसहित विभिन्न पदमा जागिर

नेपाली सेनाले दुई जना पाइलटसहित विभिन्न पदमा जागिर खुलाएको छ। जंगी अड्डा भर्ना छनोट निर्देशनालयले आज सूचना निकालेर विभिन्न ट्रेडका प्राविधिक अधिकृत पदमा दरखास्त आह्वान गरेको हो।