चैत २७, काठमाडौं । नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थाको आईपीओमा १ हजार रुपैयाँ लगानी गरेका लगानीकर्ताले नौ दिनमै रू. १६ हजार प्रतिफल पाएका छन् ।
कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा कारोबारमा आएको नौ दिन भयो । दोस्रो बजारमा कारोबारमा आएको भोलिपल्टैबाट कम्पनीको शेयरमूल्य सर्किट लेबलमा वृद्धि हुँदै आएको छ । सोही कारण उक्त कम्पनीका लगानीकर्ताले नौ दिनमै रू. १६ हजार प्रतिफल प्राप्त गरेका हुन् । उक्त अवधिसम्ममा दोस्रो बजारमा कम्पनीको १ हजार ४१८ कित्ता शेयर खरीदविक्री भएको छ ।
कम्पनीको शेयर गत चैत १३ गते नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको थियो भने दोस्रो बजारमा चैत १४ गतेदेखि कारोबारमा आएको हो । कम्पनीले केही समय अगाडि मात्र आईपीओ निष्कासन गरेको थियो ।
सोही कारण पनि कम्पनीको शेयरमा खरीदकर्ता आकर्षित भएका हुन् । त्यसोत कतिपय लघुवित्त कम्पनीको शेयरमूल्य विगतमा प्रतिकित्ता ५ हजार रुपैयाँभन्दा बढी पुगेकाले पनि लगानीकर्ताको आकर्षण लघुवित्त कम्पनीमा पर्दै आएको छ ।
कम्पनीको प्रतिशेयर नेटवर्थलगायत वित्तीय अवस्था सबल भएकाले पनि लगानीकर्ताको आकर्षण उक्त कम्पनीको शेयरमा परेको देखिन्छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता रू.२६० दशमलव ८४ देखि ७८२ दशलमव ५२ तोकेको थियो ।
नेप्से पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । सोही मूल्य रेञ्ज आधारमा कम्पनीको शेयर कारोबार शुरु भएको हो ।
कम्पनीले नौ दिनको शेयरमूल्य र कारोबार कित्ता :
स्रोत : नेपाल स्टक एक्सचेञ्ज(नेप्से)