पश्चिम बङ्गाल हिंसा : ज्यान गुमाउनेकाे सङ्ख्या १७ पुग्याे

काठमाण्डाै – भारतको पश्चिम बङ्गाल राज्यमा भएको विधानसभाको चुनावपछि भड्किएको हिंसामा परेर ज्यान गुमाउनेको सङ्ख्या १७ पुगेको छ । विधानसभाको चुनावमा ममता बनर्जीको पार्टी तृणमूल कंग्रेस (टीएमसी) ले झण्डै दुई तिहाइ मतसहित विजय हात पारेपछि हिंसा भड्किरहेको छ । गएको २४ घण्टामा राज्यका विभिन्न क्षेत्रमा थप तीन जनाको ज्यान गएसँगै हिंसामा ज्यान गुमाउनेको सङ्ख्या १७ पुगेको बीबीसीले जनाएकाे छ । ज्यान गुमाएकामध्ये नौ जना आफ्ना कार्यकर्ता भएको भारतीय जनता पार्टी (बीजेपी) ले दाबी गरेको छ भने सात जना आफ्ना कार्यकर्ता रहेको ट...

सम्बन्धित सामग्री

स्थानीय नेताको हत्यापछि भारतको पश्चिम बङ्गालमा हिंसा भड्किँदा ८ जनाको ज्यान गयो

भारतको पश्चिम बङ्गाल राज्यको बीरभुम जिल्लामा स्थानीत नेताकाे हत्यापछि हिंसा भड्किँदा थप आठ जनाकाे ज्यान गएको छ ।  बागटुई गाउँमा हिजाे साेमवार राति तृणमुल कांग्रेसका स्थानीय नेता तथा ग्राम पञ्चायतका उपप्रधान भादु शेखको नचिनेका मानिसको समूहले बम प्रहार गरेर हत्या गरेका थिए । यसै घटनालाई लिएर गाउँमा भड्किएको हिंसामा परेर थप आठ जना सर्वसाधारणको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ ।  हिजाे राति गाउँका दर्जनौँ घरमा नचिनेका व्यक्तिको समूहले आगो लगाइदिएको र दमकललाई समेत प्रवेश गर्न नदिएको खबरमा उल्लेख छ । एकै...