अमेरिकी ग्रिनकार्ड पाउने नेपालीको संख्या नाघ्यो २ लाख, जसमध्ये ८७,००० ले लिए अमेरिकी नागरिकता

अमेरिकामा ग्रीन कार्ड प्राप्त गर्ने नेपाली मूलका व्यक्तिहरूको संख्या वर्षैपिच्छे बढिरहेको छ। हालै मात्र प्रकाशित अमेरिकी होमल्याण्ड सेक्युरिटी विभागको तथ्यांक अनुसार सन् २०२३ सम्ममा १,९४,८०० जना नेपाली मूलका व्यक्तिहरूले  अमेरिकी ग्रीन कार्ड प्राप्त गरेका छन्। सन् २०२४ को अनुमानित तथ्यांकलाई समेट्दा यो संख्या २ लाख नाघिसकेको छ। तीमध्ये लगभग ८७,००० जना नेपालीहरूले प्राकृतिककरण (नेचुरलाइजेशन) प्रक्रियामार्फत […]

सम्बन्धित सामग्री

एकबर्षमा ७९३० नेपालीले लिए अमेरिकाको नागरिकता

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले गत आर्थिक बर्ष २०२३ मा अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या सार्वजनिक गरेको छ । २०२३ मा कुल ७ हजार ९ सय ३० जना नेपालीहरुले अमेरिकी नागरिकता लिएका छन् । जसमध्ये पहिलो क्वार्टरमा १९२०, दोश्रो क्वार्टरमा १८४०, तेश्रो क्वार्टरमा १८३० र चौथो क्वार्टरमा २३३० जना नेपालीहरुले अमेरिकाको नागरिकता लिएका छन् […]

सन् २०२३ मा ५९ हजारभन्दा बढी भारतीयले अमेरिकी नागरिकता लिए : रिपोर्ट

वासिङ्टन डीसी (अमेरिका) । सन् २०२३ मा ५९ हजारभन्दा बढी भारतीय नागरिकले अमेरिकाको स्थायी नागरिकता लिएका छन् । यो सङ्ख्या मेक्सिकोपछि अमेरिकी नागरिकता लिनेहरूको दोस्रो ठूलो सङ्ख्या भएको अमेरिकी नागरिकता र अध्यागमन सेवा (यूएससीआईएस)द्वारा जारी गरिएको वार्षिक प्रगति रिपोर्ट २०२३ ले जनाएको छ । रिपोर्ट अनुसार गत आर्थिक वर्षमा करीब ८.७ लाख विदेशीले अमेरिकी नागरिकता लिएका थिए । योमध्ये नयाँ नागरिकहरूको कुल सङ्ख्याको १२.७ प्रतिशत अर्थात् एक लाख १० हजार मेक्सिकोका र ६.७ प्रतिशत अर्थात् ५९ हजार १६७ भारतीयहरूले अमेरिकी नागरिकता प्राप्त गरेका छन् । रिपोर्टका अनुसार नयाँ अमेरिकी नागरिकमध्ये ५.१ प्रतिशत अर्थात् ४४ हजार ८०० फिलिपिन्स र चार प्रतिशत अर्थात् ३५ हजार २०० डोमिनिक गणतन्त्रका थिए । अमेरिकी नागरिकता प्राप्त गर्नका लागि योग्य हुन आवेदकले अमेरिकी अध्यागमन तथा राष्ट्रियता ऐन अनुसार निर्धारित योग्यता तथा आवश्यकता पूरा गर्नुपर्दछ ।  अमेरिकी नागरिकता प्राप्त गर्न सामान्यतया कम्तिमा कानुनीरूपमा पाँच वर्ष स्थायी बसोबास गरेको हुनुपर्छ भने विशेष प्रावधानको व्यवस्थाले अमेरिकी नागरिकका पति÷पत्नीहरू र सैन्य सेवाका आवेदकलाई सामान्य आवश्यकताबाट छूट दिने यूएससीआईएस रिपोर्टले जनाएको छ ।  गत आर्थिक वर्षमा अमेरिकी नागरिकता प्राप्त गर्ने अधिकांश व्यक्ति आईएनए धारा ३१६ (क) अर्थात् कम्तिमा पाँच वर्ष बसोबास गरेको आधारमा नागरिकता प्राप्त गर्नका लागि योग्य ठहरेका थिए भने आईएनए धारा ३१९ (क) अर्थात् अमेरिकी नागरिकसँग बिहे गरेको आवेदकहरूले कम्तिमा तीन वर्षमा नागरिकताका लागि योग्य मानिएका थिए ।  गत आर्थिक वर्षमा स्थायी नागरिक भएका सबै नागरिकले सात वर्ष एलपीआरका रूपमा बिताएका थिए ।  यसबाहेक, अमेरिकी नागरिकता र अध्यागमन सेवा (युएससीआईएस) अन्तर्गत आर्थिक वर्ष २०२२/०२३ मा स्थायी नागरिकता लिनेको सङ्ख्यामा अघिल्लो दशकको लगभग एक चौथाई भाग आगटेको छ । रासस/एएनआई

सन् २०२३ मा ५९ हजारभन्दा बढी भारतीयले लिए अमेरिकी नागरिकता

सन् २०२३ मा ५९ हजारभन्दा बढी भारतीय नागरिकहरूले स्थायी अमेरिकी नागरिकता लिएका छन् । यो सङ्ख्या मेक्सिकोपछि अमेरिकी नागरिकता लिनेहरूको दोस्रो ठुलो सङ्ख्या भएको अमेरिकी नागरिकता र अध्यागमन सेवा (यूएससीआईएस) द्वारा जारी गरिएको वार्षिक प्रगति रिपोर्ट २०२३ ले जनाएको छ ।

रवि लामिछानेले लिए पुन: नागरिकता

काठमाडौं : रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन्। लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन्। लामिछानेलाई वि.सं.२०५० सालमा लिएको नागरिकता नम्बर नै उल्लेख भएको नागरिकता प्रदान गरिएको छ। अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुनबमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार लामिछानेको सांसद पद खारेज गरेको थियो। सांसद पद खारेज भएसँगै लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्...

गृहमन्त्रीको नागरिकता ‘दुरुपयोग’ बारे अनुसन्धान गर्न आलटाल

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली नागरिकता दुरुपयोग गरेको उजुरी जिल्ला प्रहरी परिसर टेकुमा विचाराधीन छ । सन् २०१४ मा रविले अमेरिकी नागरिकता लिए । नेपाल फर्केर अमेरिकाको नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता