रवि लामिछानेले लिए पुन: नागरिकता

काठमाडौं : रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन्। लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन्। लामिछानेलाई वि.सं.२०५० सालमा लिएको नागरिकता नम्बर नै उल्लेख भएको नागरिकता प्रदान गरिएको छ। अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुनबमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार लामिछानेको सांसद पद खारेज गरेको थियो। सांसद पद खारेज भएसँगै लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्...