कुकुरको बन्ध्याकरण शिविर

झापाको बिर्तामोड नगरपालिकाले आजदेखि शुरु गरेको दुई दिने सामुदायिक कुकुर बन्ध्याकरण शिविरमा कुकुरको बन्ध्याकरण गरिँदै ।

सम्बन्धित सामग्री

कुकुरको बन्ध्याकरण शिविर

झापाको बिर्तामोड नगरपालिकाले आजदेखि शुरु गरेको दुई दिने सामुदायिक कुकुर बन्ध्याकरण शिविरमा कुकुरको बन्ध्याकरण गरिँदै ।

दिक्तेलमा सामुदायिक कुकुरको बन्ध्याकरण

दिक्तेल बजारमा सामुदायिक कुकुरहरूको आतंक बढेपछि यसको नियन्त्रणका लागि शुक्रबार स्थायी बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ ।

सन्धिखर्कमा सामुदायिक कुकुरको बन्ध्याकरण गरिँदै

सन्धिखर्क बजारमा सामुदायिक कुकुरको बन्ध्याकरण अभियान सुरु भएको छ । सन्धिखर्क नगरपालिकाले हटारीनेटामा शनिबारदेखि सामुदायिक कुकुरहरूमा स्थायी बन्ध्याकरण तथा रेबिज भ्याक्सिनेसन शिविर सुरु गरेको हो ।

पर्वतको कुश्मा र हुवासमा करिब २ सय कुकुरको बन्ध्याकरण

पर्वत : सामुदायिक तथा घरपालुवा कुकुरको अनावश्यक प्रजनन नियन्त्रण गरेर सुरक्षित समुदाय निर्माणका लागि पर्वतमा कुकुरको बन्ध्याकरण शिविर सम्पन्न गरिएको छ।भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतको आयोजनामा जिल्लाको पैयुँ गाउँपालिका–६ स्थित हुवासमा र सदरमुकाम कुश्मास्थित कार्यालयमा नै आयोजना गरिएको शिविरमा १८९ वटा कुकुरहरूमा बन्ध्याकरण गरिएको हो।कुश्मा नगरपालिका र पैयुँ गाउँपालिका पर्वतको सहकार्य र वरिष्ठ पशु चिकित्सक डा. अर्जुन अर्यालको नेतृत्वमा डा. सुदिप श्रेष्ठ, डा. नवीन रेग्मीलग

३ सय कुकुरको बन्ध्याकरण

बागलुङका ३ सय कुकुरको बन्ध्याकरण गरिएको छ । सामुदायिक कुकुर बढ्दै गएको र पैदल यात्री तथा स्थानीयलाई जोखिम समेत बढेपछि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द बागलुङले बन्ध्याकरण शिविर गराएको हो ।

बन्दीपुरमा कुकुर आतङ्क रोक्न बन्ध्याकरण अभियान

तनहुँको बन्दीपुर पालिकाले सामुदायिक (छाडा) कुकुरको बन्ध्याकरण अभियान चलाएको छ । छाडा कुकुरले मानिसलाई झम्टिन खोज्ने, रेबिज रोग फैलाउने जस्ता समस्या बढेपछि शिविर नै राखेर बन्ध्याकरण गरिएको हो ।

रेविजविरुद्धको खोप सञ्चालन

झापा – सामुदायिक कुकुरको सङ्ख्या न्यूनीकरण गर्दै लैजाने योजनाअनुसार अर्जुनधारा नगरपालिकाले यस वर्ष दुई सयवटा कुकुरको बन्ध्याकरण गरेको छ । बन्ध्याकरण गरिएका कुकुरमा अधिकांश हुर्किदो छाउरा छन् । नगरपालिकाको पशुपक्षी तथा मत्स्य विकास शाखाले विगत तीन वर्षदेखि नगर क्षेत्रमा रहेका सामुदायिक कुकुरको बन्ध्याकरण शिविर चलाउँदै आएको छ । कुकुरलाई रेविज रोगविरुद्ध खोपसमेत लगाइने गरिएको छ […]

गल्याङमा कुकुरको बन्ध्याकरण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा कुकुरको बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । बजार क्षेत्रका बाटोमा यत्रतत्र रहेका तथा घरमै पालिएका कुकुरहरुको बन्ध्याकरण शिविर सञ्चालन गरिएको हो । भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाको आयोजनामा सञ्चालन गरिएको शिविरमा १११ वटा कुकुरहरुलाई बन्ध्याकरण तथा रेविजविरुद्वको खोप सेवा दिइएको छ । घरमा पालेका कुकुरहरुको सुरक्षा एवम् […]

पशु शिविरमा २२१ कुकुरको बन्ध्याकरण

केन्द्रले मङ्गलबार र बुधबार आयोजना गरेको निःशुल्क पशु शिविरमा कुकुरको बन्ध्याकरण गरिएको हो। व्यास नगरपालिका क्षेत्रभित्र रहेका सामुदायिक कुकुरको सङ्ख्या घटाउन बन्ध्याकरण शिविर सञ्चालन गरिएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए।...

कुकुरको संख्या नियन्त्रण गर्न स्थायी बन्ध्याकरण

हेटौंडामा कुकुरको संख्यामा वृद्धि भएपछि त्यसलाई नियन्त्रण गर्न स्थायी बन्ध्याकरण सुरु गरिएको छ । कुकुरको संख्यामा वृद्धि हुन नदिनका लागि उपमहानगरपालिकाले एक हस्ता लामो शिविर हेटौंडामा सुरु गरेको छ । शिविरमा दुबैलिंगी कुकुरको बन्ध्याकरण गरिने जनाइएको छ ।