पर्वत : सामुदायिक तथा घरपालुवा कुकुरको अनावश्यक प्रजनन नियन्त्रण गरेर सुरक्षित समुदाय निर्माणका लागि पर्वतमा कुकुरको बन्ध्याकरण शिविर सम्पन्न गरिएको छ।भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतको आयोजनामा जिल्लाको पैयुँ गाउँपालिका–६ स्थित हुवासमा र सदरमुकाम कुश्मास्थित कार्यालयमा नै आयोजना गरिएको शिविरमा १८९ वटा कुकुरहरूमा बन्ध्याकरण गरिएको हो।कुश्मा नगरपालिका र पैयुँ गाउँपालिका पर्वतको सहकार्य र वरिष्ठ पशु चिकित्सक डा. अर्जुन अर्यालको नेतृत्वमा डा. सुदिप श्रेष्ठ, डा. नवीन रेग्मीलग