खोटाङमा जसपाका जिल्ला अध्यक्ष वडा सदस्यमा निर्वाचित

१ जेठ, खोटाङ । जनता समाजवादी पार्टी (जसपा) का खोटाङ जिल्ला अध्यक्ष टंक थापा वडा सदस्यमा निर्वाचित भएका छन् । थापा दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँबाट वडा सदस्यमा निर्वाचि भएका हुन् । थापाले ३१९ मत पाएका छन् । डाँडागाउँमा माओवादी केन्द्र र जसपाको गठबन्धन थियो । वडाध्यक्षमा कांग्रेसका बद्री कट्वाल विजयी भएका छन् । वडामा कांग्रेसको […]

सम्बन्धित सामग्री

धनकुटा जिल्ला अध्यक्ष पराजुली प्रदेश सभामा निर्वाचित

धनकुटा । धनकुटामा एमाले जिल्ला अध्यक्ष इन्द्रमणी पराजुली प्रदेश सभामा निर्वाचित भएका छन् । उनले गठबन्धनका उम्मेदवार माओवादीकी कुसुमकुमारी श्रेष्ठलाई पराजित गर्दे दोस्रो पटक प्रदेश सभा सदस्य भएका हुन् । २०७४को निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए । पराजुलीले १५७९७ मत ल्याउदा माओवादीका कुसुमकुमारीले ११२३० मत पाइन् ।

म्याग्दीबाट प्रदेशसभामा माओवादीका भण्डारी निर्वाचित

८ मंसिर, म्याग्दी । नेकपा माओवादी केन्द्रका हरिबहादुर भण्डारी म्याग्दीको प्रदेशसभा क्षेत्र (१) बाट निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका भण्डारीले ९७५ मतान्तरले नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका देबेन्द्रबहादुर कटुवाललाई पराजित गर्दै गण्डकी प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । भण्डारीले १२ हजार ७४० र कटुवालले ११ हजार ७६५ मत प्राप्त गरेका मुख्य निर्वाचन […]

माओवादी केन्द्रको उम्मेदवारद्वारा एमालेका जिल्ला अध्यक्ष पराजित

धनुषाको सबैला नगरपालिकाको नगर प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार कारीराम यादव निर्वाचित भएका छन्।...

म्याग्देमा ५ वर्षपछि नतिजा उल्ट्याउँदै अध्यक्षमा निर्वाचित भए श्रेष्ठ

२ जेठ, तनहुँ । म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । नेपाली कांग्रेसकी उम्मेदवार निवर्तमान अध्यक्ष मायादेवी रानालाई ७१८ मतान्तरले पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन् । श्रेष्ठले चार हजार ९५० ल्याए भने रानाले चार हजार २३२ मत ल्याइन् । २०७४ सालको निर्वाचनमा काङ्ग्रेसकी राना अध्यक्षमा विजयी हुँदा श्रेष्ठ […]

एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैरे निर्वाचित

पोखरा– नेकपा एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैरे निर्वाचित भएका छन् । आठौँ जिल्ला अधिवेशनबाट गैह्रेको अध्यक्षतामा नयाँ कमिटी बनेको हो । निकटतम प्रतिस्पर्धी नारायणप्रसाद मरासिनीलाई पराजित गरी गैरे एमालेको जिल्ला अध्यक्ष बने । फागुन २३ को सर्वोच्चको फैसलासँगै माओवादी केन्द्रबाट एमाले छिरेका गैरे अध्यक्ष निर्वाचित हुँदा पराजित भएका मरासिनी प्रतिनिधिसभा सांसद हुन् । गैरेले ४ […]

नेकपा एमाले पर्वतको अध्यक्षमा पौडेल निर्वाचित

पोखरा । नेकपा एमाले पर्वतको अध्यक्षमा राजु पौडेल निर्वाचित भएका छन् । शुक्रबारदेखि सुरु भएको नवौँ पर्वत जिल्ला अधिवेशनबाट सर्वसम्मतरुपमा पौडेलको नेतृत्वमा जिल्ला कार्यसमिति चयन गरेको हो । जिल्ला नेतृत्वका लागि आधा दर्जन भन्दा धेरै आकाङ्क्षी देखिएकाले ४ दिन सम्म सम्मेलन लम्बिएको थियो। जिल्ला अध्यक्ष पदमा वर्तमान उपसचिव गोविन्द पहाडी, सचिव पदमपाणी शर्मा, प्रदेश कमिटी सदस्य राजु पौडेल, कार्यवाहक अध्यक्ष भक्त कुँवर, प्रदेश कमिटी सदस्य मित्रलाल बस्याल र प्रदेश कमिटी सदस्य देवेन्द्रराज पाण्डेले द

नेकपा एमाले रसुवाको अध्यक्षमा कर्णेल तामाङ निर्वाचित

रसुवा : नेकपा (एमाले) रसुवाको अध्यक्षमा कर्णेल तामाङ निर्वाचित भएका छन्। नेकपा एमालेको सदरमुकाम धुञ्चेमा सम्पन्न आठाैं जिल्ला अधिवेशनबाट तामाङको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो।तामाङ दोस्रो पटक जिल्ला अध्यक्ष पदमा निरन्तरता पाएका हुन्। यसैगरी उपाध्यक्षमा डिल्लीप्रसाद सुवेदी, सचिवमा जर्नादन ढकाल, उपसचिवमा कैसाङनुर्पु तामाङ र बेली बुलुन निर्विरोध निर्वाचित भएका नेकपा एमाले जिल्ला कमिटी रसुवाले जनाएको छ।जिल्ला कार्यसमितिमा पदाधिकारी सहित ९० ज

एमाले जिल्ला अधिवेशन : रसुवाको अध्यक्षमा तामाङ निर्वाचित

नेकपा (एमाले) रसुवाको अध्यक्षमा कर्णेल तामाङ निर्वाचित भएका छन् । नेकपा एमालेको सदरमुकाम धुन्चेमा सम्पन्न आठौं जिल्ला अधिवेशनबाट तामाङको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । तामाङले दोस्रोपटक जिल्ला अध्यक्ष पदमा निरन्तरता पाएका छन् । यसैगरी उपाध्यक्षमा डिल्लीप्रसाद सुवेदी, सचिवमा जनार्दन ढकाल, उपसचिवमा कैसाङनुर्पु तामाङ र बेली बुलुन निर्वाचित भएका छन् ।उनीहरु सबै निर्विरोध निर्वाचित भएको नेकपा एमाले जिल्ला कमिटी रसुवाले जनाएको छ । जिल्ला कार्यसमितिमा प

गण्डकीमा एमाले अधिवेशन : दुई जिल्ला अध्यक्ष सर्वसम्मत, अन्यमा जुटेन सहमति

गण्डकी प्रदेशका ११ मध्ये ९ जिल्लामा नेकपा एमालेको अधिवेशन जारी छ । प्रदेशका दुई हिमाली जिल्ला मनाङ र मुस्ताङ बाहेकका ती जिल्लामा शुक्रबारबाट अधिवेशन जारी रहे पनि अहिलेसम्म तनहुँ र गोरखामा मात्र सर्वसम्मत् रुपमा अध्यक्ष चयन भएको छ ।एमालेका गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले गोरखा र तनहुँका जिल्ला अध्यक्षमात्र सर्वसम्मत् निर्वाचित भएको जानकारी दिए । उनले अधिवेशन भएका अन्य सात जिल्लामा सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास जारी रहेको उनको भनाइ छ ।उनले भने, ‘केहीमा मनोनयन दर्ता प्रक्रियास

एमाले अध्यक्ष ओलीको गृहजिल्लामा एकीकृत समाजवादीको संगठन विस्तारलाई तीब्रता

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचित जिल्ला झापामा एमालेबाट फुटेर बनेको पार्टी नेकपा एकीकृत समाजवादीले संगठन विस्तारलाई तीब्रता दिएको छ। संगठन र पार्टी कार्यालयहरू विस्तार गर्ने क्रममा शनिवार ओलीकै गृहनगर दमकमा एकीकृत समाजवादी पार्टीको कार्यालय स्थापना गरिने उक्त पार्टीका जिल्ला अध्यक्ष बेदराज रेग्मीले जानकारी दिए। उनले भने, ‘केही भातृ संगठन र पार्टीको […]