काठमाण्डाै - धान र गहुँको उन्नत बिउबिजन उत्पादनमा कैलाली जिल्ला आत्मनिर्भर भएको छ । कैलालीमा उत्पादन भएको बिउ जिल्ला बाहिरसमेत निर्यात हुन थालेको छ ।
जिल्लामा वर्षभरिमा झण्डै ३६ हजार क्विन्टल धान र ४५ हजार क्विन्टल गहुँको उन्नत बिउ आवश्यकता रहेकामा त्यो भन्दा धेरै बिउ उत्पादन भइरहेको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ ।
कैलालीमा झण्डै एक हजार हेक्टरमा चैते धानखेती र झण्डै ७१ हजार सात सय हेक्टर जग्गामा वर्षे धानखेती गरेर वर्षको दुई पटक धानखेती हुने गरेको छ । यस्तै झण्डै ३५ हजार हेक्टरमा गहुँ खेती हुने गरेको छ । प्रतिहेक्...