काठमाडौं : ब्यूटी प्याजेन्टको नाममा बालिका बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे पक्राउ परेका छन्। नेपाल प्रहरीकाे काठमाडाैं उपत्यका अपराध अनुसन्धान महाशाखाको टोलीले पाण्डेलाई काठमाडौंबाट पक्राउ गरेको हो।पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक हुन्।भिडियोबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा प्रहरी प्रधान कार्यालयले महाशाखा प्रमुख वसन्त कुँवरको अध्यक्षतामा पाँच सदस्यीय समितिसमेत बनाएको थियो।एक युवतीले आठ वर्ष अघि सौन्दर्य